Lucky-Khabar_

मुख्यमन्त्री कार्यालय हेटौँडा, बागमती प्रदेश

बागमती प्रदेश सरकारले प्रदेशसभाको आगामी वर्षे (बजेट) अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न सिफारिस गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौँडामा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो।

content ad p2

सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङका अनुसार, प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालको संविधानको धारा १८३ को उपदफा (१) बमोजिम जेठ ११ गते दिउँसो १:०० बजेका लागि प्रदेशसभाको अठारौँ अधिवेशन आह्वान गर्नुभएको हो।

यो अधिवेशन मुख्य रूपमा आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम र बजेटमा केन्द्रित हुनेछ। बजेट अधिवेशनमा प्रदेश सरकारले आफ्ना प्राथमिकता, वार्षिक विकास योजना र समसामयिक राजनीतिक विषयहरूमाथि घनीभूत छलफल गर्ने तयारी गरेको छ।

त्यस्तै, यसै बैठकले प्रदेशका मन्त्रालयहरूको संख्या १४ बाट घटाएर ८ वटा कायम गरिएपछि प्रशासनिक कार्यसम्पादनलाई चुस्त बनाउन ‘प्रदेश सरकार कार्यविभाजन नियमावली’ परिमार्जन गर्ने निर्णय समेत गरेको छ। यो नयाँ मन्त्रालय संरचना आगामी साउन १ गतेदेखि पूर्ण रूपमा लागू हुने जनाइएको छ।

प्रदेश प्रमुखको कार्यालयले अधिवेशन आह्वानसम्बन्धी औपचारिक सूचना जारी गरिसकेको छ र संसद् सचिवालयले जेठ ११ गतेको बैठकका लागि आवश्यक व्यवस्थापकीय तयारी सुरु गरिसकेको छ।

सम्बन्धित खबर

देवाही–गोनाहीका मेयर पदमुक्त प्रकरण : प्रभु साहद्वारा एमालेमाथि लोकतन्त्रको उपहास गरेको आरोप

लक्की खबर

वनले बस्ती हटाउन खोजेको भन्दै चुरेबासी आन्दोलित, बीपी राजमार्ग अवरुद्ध

लक्की खबर

व्यक्तिगत विवादमा युवकमाथि कुटपिट, एक पक्राउ: बीरगंजको ईदगाह चोक कुटपिट प्रकरण

लक्की खबर