Lucky-Khabar_

रौतहटको परोहा नगरपालिका–८ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वडा अधिवेशन भव्य रूपमा सम्पन्न

रौतहटको परोहा नगरपालिका–८ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वडा अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनबाट ११ सदस्यीय नयाँ वडा समिति गठन गरिएको छ।

content ad p2

नवनिर्वाचित समितिको सभापतिमा राम प्रवेश प्र. आर्य चयन भएका छन् भने उपसभापतिमा श्यामबाबु बरै र सचिवमा अफ्रोज ओस्ता निर्वाचित भएका छन्। त्यसैगरी सदस्यहरूमा दिनेश राउत कुर्मी, संजु देबी कलवार  ,मुन्ना पटेल, अनिता कुमारी देबी पटेल  ,संजय राम, देव मिन्त्रा कुमारी राम ,मो. सरिफ आलम, रामाश्रे राम, रसिद अन्सारी, गोपाल प्र. बरै तथा प्रभु चौरसिया चयन भएका छन्।

श्री झरीमाई नर्सिङ युवा  क्लबको प्राङ्गणमा आयोजित अधिवेशन कार्यक्रममा रास्वपा जिल्ला उपाध्यक्ष उपेन्द्र यादव प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए। त्यसैगरी क्षेत्रीय उपसभापति विवेक पटेल, नगर अध्यक्ष सरोज महतो तथा रास्वपाका नेता ललन चौरसिया लगायतको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्ताहरूले संगठन सुदृढीकरण, जनताको अधिकार, सुशासन तथा स्थानीय विकासका विषयमा जोड दिएका थिए। उनीहरूले जनताको विश्वास जितेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै युवालाई सक्रिय राजनीतिमा सहभागी हुन आग्रह गरेका थिए। अधिवेशनमा स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

सम्बन्धित खबर

धर्मनिरपेक्षता खारेज गरी हिन्दूराष्ट्र कायम गर्न माग गर्दै जनकपुरमा प्रदर्शन

लक्की खबर

बाराको सिमरामा चक्कु प्रहारबाट एक जनाको मृत्यु

लक्की खबर

‘मधेस राज्य’का लागि फेरि आन्दोलनमा उत्रिन तयार रहनुस :बीरगंजबाट उपेन्द्र यादवको आह्वान

लक्की खबर