Lucky-Khabar_

‘इजलासमा बसेपछि राजनीतिक आस्था बाहिरै छाड्छु’ : न्यायाधीशमा प्रस्तावित पाण्डे

भुटानी शरणार्थी प्रकरणमा बालकृष्ण खाँणलाई छाड्नुपर्ने राय दिएको स्वीकार, न्यायिक निर्णय प्रमाण र मिसिलका आधारमा हुने दाबी

content ad p2

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित जनक पाण्डेले न्यायिक जिम्मेवारी सम्हाल्दा आफूले राजनीतिक विचार र आस्थालाई अदालतबाहिरै छाड्ने गरेको बताएका छन्।

शनिबार संसदीय सुनुवाइ समितिमा आफ्नो न्यायिक निष्पक्षतामाथि उठेका प्रश्नको जवाफ दिँदै पाण्डेले इजलासमा बसेपछि राजनीतिक आग्रहभन्दा प्रमाण र मिसिलका आधारमा निर्णय गर्ने गरेको बताएका हुन्।नेकपा एमालेकी सांसद पद्मा अर्यालले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणसम्बन्धी मुद्दामा फरक–फरक राय आउनुको कारणबारे प्रश्न गरेकी थिइन्।

जवाफमा पाण्डेले उक्त मुद्दामा आफूले खाँणलाई छाड्नुपर्ने राय दिएको स्वीकार गर्दै अन्तिम फैसला भने आफूले नगरेको स्पष्ट पारे।
‘हरेक प्राणी एउटा राजनीतिक आइडियोलोजी बोकेर हिँडेको हुन्छ, तर म यता अदालतमा आइसकेपछि मैले त्यो राजनीतिको चप्पल बाहिरै खोलेको छु,’ उनले भने।

राजनीतिक प्रकृतिका मुद्दा अदालतमा आउने भए पनि न्यायाधीशले राजनीतिक आग्रह र प्रभावबाट मुक्त भएर निर्णय गर्नुपर्ने उनको भनाइ थियो।उनले हेटौँडामा रहँदा बागमती प्रदेशका मुख्यमन्त्रीसँग सम्बन्धित मुद्दामा अन्तरिम आदेश माग गरिएको प्रसङ्ग पनि सुनाए। मुख्यमन्त्रीले शपथ लिइसकेको र विश्वासको मतसमेत प्राप्त गरिसकेको अवस्थामा अन्तरिम आदेश दिन नमिल्ने निष्कर्षमा आफू पुगेको उनले बताए।

इजलासमा बसेपछि राजनीतिक विषयभन्दा मुद्दामा उपलब्ध प्रमाण र मिसिल महत्त्वपूर्ण हुने उल्लेख गर्दै पाण्डेले आफूले राजनीतिक आग्रहका आधारमा कुनै निर्णय नगरेको दाबी गरे।‘त्यो बेन्चमा बसेपछि राजनीति कता के भन्ने यी सबै आउट हुँदो रहेछ। खाली प्रमाण के छ, मिसिल के छ भन्ने कुराहरू मात्रै हुन्छन्,’ उनले भने।

भुटानी शरणार्थी प्रकरणमा खाँणलाई रिहा गर्नुपर्ने राय आफूले तत्काल उपलब्ध प्रमाणका आधारमा दिएको पाण्डेले बताए। उक्त मुद्दामा आफ्नो र अर्का न्यायाधीशको राय फरक परेको तथा पछि तेस्रो न्यायाधीशले खाँणलाई रिहा गर्ने निर्णय गरेको पनि उनले जानकारी दिए।संसदीय सुनुवाइका क्रममा उठेका प्रश्नको जवाफ दिँदै पाण्डेले न्यायिक निष्पक्षता र स्वतन्त्रताप्रति आफू प्रतिबद्ध रहेको सन्देश दिन खोजेका छन्।

सम्बन्धित खबर

गोली लागेर युवक पक्राउ, सस्तोमा अमेरिकी डलर साटिदिने भन्दै लुटपाट

लक्की खबर

वीरगन्ज भन्सारबाट छुटेका सुन्तलाको प्रज्ञापनपत्रमा केरा तस्करीको आशंका,थप दुई ट्रक पनि शंकाको घेरामा

लक्की खबर

श्रीमतीलाई छुरा प्रहार गरी फरार भएका श्रीमान् वीरगञ्जबाट पक्राउ

लक्की खबर