राम आर्य
१०असार,रौतहट। रौतहटको परोहा नगर पालिकाको आगामी वर्षका लागि ५३ करोड बढीको बजेटपारित ।शिक्षा,स्वास्थ्य,कृषि र पूर्वाधारको प्राथमिकता रहने मेयर वकिलको भनाई ।


नगरपालिकाले कृषि र शिक्षाको क्षेत्रमा उल्लेखनीय प्रगति गर्दै ‘मोडल नगरपालिका’को रुपमा आफूलाई स्थापित गरिरहेको नगर प्रमुख शेख वकिलले बताएका छन्।

मेयर वकिलले मंगलबार निर्माणाधीन प्रशासकीय भवनको सभा हलमा आयोजित नवौं नगर सभामा बोल्दै आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरपालिकाको समग्र पूर्वाधार, शिक्षा, स्वास्थ्य र कृषि विकास प्राथमिकता रहेको स्पष्ट पारे।

यस नगरपालिकामा रहेका साबिकका ६ गा.वि.स. क्षेत्रहरूमा माध्यमिक विद्यालयको अभाव थियो। नगरपालिकाले ती क्षेत्रहरूमा विद्यालय भवन निर्माणका लागि आवश्यक पूर्वाधार तयार गरेको छ। “हामीले शिक्षा क्षेत्रमा लगानी बढाएका छौं, विद्यालयको पहुँच नपुगेका ठाउँमा भवन निर्माण गरेर गुणस्तरीय शिक्षाको ढोका खोलिरहेका छौं, मेयर वकिलले बताए।

प्रत्येक वडामा नयाँ वडा कार्यालय भवन निर्माण गरिएको उल्लेख गर्दै नगर प्रशासन र सेवा प्रवाहलाई एकीकृत र व्यवस्थित बनाउने लक्ष्य रहेको बताए। उनले भने, “सिंहदरबार जस्तै सबै सेवा एउटै स्थानबाट दिन सकिने मोडल कार्यान्वयनमा छौं। त्यसका लागि २ बिगाहा जमिन खरिद गरेर विभिन्न संरचना एकै ठाउँमा निर्माण गरिरहेका छौं।”नगर प्रमुख वकिलले स्पस्ट पारे।
मेयर वकिललेनगरपालिकाले हाल निर्माणको चरणमा रहेका संरचनाहरू—नगर अस्पताल, कृषि तथा पशु सेवा केन्द्र, र प्रशासकीय भवन—लाई एउटै स्थानमा समेटेर नागरिकलाई सजिलो हुने वातावरण बनाउने उद्देश्य राखेको छ भनि बताए।
त्यस्तै कार्यक्रमका प्रमुख अथिति नेपालि काङ्ग्रेस रौतहटका पार्टी जिल्ला सचिव राम चन्द्र गिरि आफ्नो मन्तव्यमा अरु ठाउमा अनेक प्रकारका प्रमुख-उपप्रमुख बिच द्वन्ध रहेपनि यस परोहा नगरपालिका कहिलेपनि द्वन्द्व नरहेको र नरहने छ बताए।
हामि जहिलेपनि जुनसुकै अवस्था नगरबासि शान्ति र सुरक्षित राख्ने कार्य गएको छु र गर्नेछु भनि उनले बताए।
नगर भेलामा भेलाको सभापतित्व नगर प्रमुख शेख वकिल गरेका थिए भनि बिशेष उपस्थिति नगर उपप्रमुख श्रीमती सुगन्धि गिरि,प्रशासकिय प्रमुख शेख महफुल,वरिष्ट ईन्जिनियर दिपेन्द्र यादव,सबै जनप्रतिनिधिहरु,फाटका क्रमचारिहरु,सन्चारकर्मिहरु तथा सुरक्षाकर्मिहरु उपस्थिति रहेका थिए।


