Lucky-Khabar_

बार एशाेसिएशन पर्साकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

१४असार्, वीरगन्ज । जिल्ला अदालत बार एशाेसिएसन पर्साकाे अध्यक्षमा रामनारायण कुर्मी निर्वाचित भएका छन् ।वीरगन्जमा शनिबार सम्पन्न निर्वाचनबाट अध्यक्षमा कुर्मी निर्वाचित भएका हुन्।निकटतम प्रतिस्पर्धी अजयकुमार श्रीवास्तवलाई ३० मतकाे फरािकलाे अन्तरले पराजित गर्दै अध्यक्षमा कुर्मी निर्वाचित भए ।

 

content ad p2

कुर्मीले ६१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी श्रीवास्तवले ३१ मत पाए भने अध्यक्ष पदकै अर्का उम्मेदवार श्यामसुन्दर दासले भने ७ मतमात्रै पाए।अध्यक्षमा निर्वाचित कुर्मी नेपाल प्रेस युनियन पर्साका पूर्वअध्यक्ष पनि हुन् ।

यसैगरी उपाध्यक्षमा अनिरुद्रप्रसाद सिंह निर्वाचित भएका छन् ।५० मतका साथ उनि उपाध्यक्षमा निर्वाचित भएका हुन् ।उनका निकटतम प्रतिस्पर्धी जाकिर हुसेनले ४१ मत र अर्का उम्मेदवार हिरा ठाकुर लाेहारले ९ मत पाए।सचिवमा प्रतिमा चाैरसिया ६० मतकासाथ निर्वाचित भएकी छन् ।उनका निकटतम प्रतिस्पर्धी हरिशंकर चाैहानले २१ मत र अर्का उम्मेदवार सुरेश पण्डितले १९ मत प्राप्त गरे।

यसैगरी काेषाध्यक्षमा अमय कुमार दास ६३ मतका साथ निर्वाचित भएका छन् ।उनका निकटतम प्रतिस्पर्धी नगनारायण प्रसादले १९ र अर्का उम्मेदवार मेराज मियाँले १६ मत पाए।

सदस्यमा जितेन्द्र पटेल,श्रीराम राउत कुर्मी,राजेश्वर यादव,सुदामा दहित,आशुताेष तिवारी,नरेन्द्र साह,राेशनी श्रेष्ठ र विनाेद दास निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत कमलमाेहन पाेखरेलले जानकारी दिए।

सम्बन्धित खबर

विशेष अदालतको फैसला : वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनाले पाए सफाइ

लक्की खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर