Lucky-Khabar_

लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीमा नेतृत्व परिवर्तन, सुशीला साह नयाँ अध्यक्षमा चयन

१५ असार ,वीरगंज| लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीले नयाँ नेतृत्व चयन गर्दै होटल अम्ब्रेलामा भव्य समारोहबीच पद हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ।

पूर्व अध्यक्ष डा. लक्ष्मी थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि लायन डा. रमेश कुमार अग्रवाल, विशिष्ट अतिथि लायन राम बिहारी पाण्डे तथा अन्य अतिथिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा सुशीला साह क्लबको नयाँ अध्यक्षमा चयन हुनु भएको छ। साथै देवन्ती साह उपाध्यक्ष, कविता खड्का सचिव र डा. मनोज गुप्ता कोषाध्यक्षमा चयन भएका छन्। अन्य सदस्यहरूमा गुड्डी जोशी, मिना तिवारी, रोशनी श्रीवास्तव, अनामिका मिश्रा, सुगन्धी कुशवाहा र सरीता सिंह रहेका छन्।

content ad p2

नवनियुक्त सचिव कविता खड्काले कार्यक्रम सञ्चालन गर्दै अतिथिहरूबाट नयाँ कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना प्राप्त गरिन्।

सम्बन्धित खबर

विशेष अदालतको फैसला : वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनाले पाए सफाइ

लक्की खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर