१६असार्,बिरगंज| जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.२४ स्थित विश्वनाथ राउतको घरमा भारतबाट खाद्यान्न बस्तु ( फुड सप्लिमेन्ट औषधीहरू ) खाली MRP तथा सस्तो मूल्यमा खरिद गरी नेपाल भित्राइ उक्त औषधीहरूको बट्टामा आफुखुशी ५ गुणा बढी मूल्यदर मेसिनले प्रिन्टेड छाप लगाइ बिक्री वितरण गरिरहेको भन्ने समेत व्यहोराको सूचना प्राप्त भइ मिति २०८२।०३।१५ गते अं.१६:४५ बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.२४ स्थित यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निम्न बमोजिम परिमाणका औषधीहरू सहित जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.२६ बस्ने वर्ष ४२ को जितेन्द्र प्रसाद कुर्मीलाई नियन्त्रणमा लिइ यस कार्यालयमा ल्याइ निज विरुद्द कालो बजारी अन्तर्गतको कसूरमा थप अनुसन्धान कार्य भइरहेको ।


पक्राउ व्यक्तिको विवरणः
१. जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.२६ बस्ने वर्ष ४२ को जितेन्द्र प्रसाद कुर्मी ।
बरामद बस्तुहरूः
१. ACON2K लेखेको एक कार्टुनमा ६० पिस औषधीको दरले ३ कार्टुन र एउटा कार्टुन खुल्ला रही सोमा ३८ पिस ।
२. CANWEL POWDER लेखेको १ कार्टुनमा ५० पिस लेखेको २९ कार्टुन सिलपैक र खुल्ला रहेको कार्टुनमा ४९ पिस ।
३. CANWEL POWDER लेखेको २५ पिस रहेको १ कार्टुन ।
४. ORTHOHEAL लेखेको ३१२ पिस औषधी भएको सिलपैक एक कार्टुन र खुल्ला कार्टुन १ बट्टामा २३२ पिस ।
५. NITVIT PLUS लेखेको १ कार्टुन ३१२ पिसको दरले जम्मा ४ कार्टुन सिलपैक र खुल्ला रहेको कार्टुनमा ३१० पिस ।
६. NITVITPLUS लेखेको १३ पिसको १ कार्टुन सिलपैक ।
७. SIMROSE लेखेको १ कार्टुनमा ३८ बक्स भएको ८ वटा कार्टुन सिलपैक र खुल्ला कार्टुन गरी जम्मा ९ कार्टुन ।
८. IMMATEKEALSUPENSION लेखेको एक कार्टुनमा ११० पिसको ७ बट्टा कार्टुन सिलपैक एक कार्टुन खुलेको जसमा ६०
९. पिस औषधी रहेको जम्मा ८ कार्टुन । क्रमशः
१०. ACTIFERON लेखेको १ कार्टुनमा २०० पिसको दरले १ वटा र अर्को खुल्ला कार्टुनमा २२ पिस औषधी रहेको ।
११. PREGAFOL लेखेको २ वटा कार्टुन खुल्ला जसमा ११५ बक्स औषधी रहेको ।
१२. ARTHRAID लेखेको एउटा कार्टुनमा २०० पिस लेखेको सिलपैक र अर्को कार्टुन खुल्ला रही सो मा १६८ पिस रहेको ।
१३. VITO-C लेखेको १५३ पिस भएको खुल्ला कार्टुन थान-१ ।
१४. LIVUS लेखेको ९३ पिस भएको १ वटा खुल्ला कार्टुन ।
१५. EVELTN लेखेको १४ बक्स खुल्ला र १ कार्टुन सिलपैकमा ४८ बक्स लेखेको ।
१६. IMMUHEAL लेखेको १ कार्टुनमा १५४ बक्स लेखेको ।
१७. MRP छाप्ने मेसिन थान-१ ।
१८. NEPAL NEUTRACEUTICALS COMPANY PVT.LTD लेखेको ठेली थान-१ ।
१९. प्रज्ञापन तथा बिल पाना-२८ ।
२०. ORDER BOOK लेखेको ठेली थान-८ ।
२१. SUBHAM MEDISUPPIERS लेखेको ठेली थान-१ ।
अ.मू.रू.२५,००,०००।– ( पचीस लाख )


