Lucky-Khabar_

लायन्स क्लब अफ वीरगन्ज सेस्मी एकेडेमीको नयाँ कार्यसमिति गठन, अध्यक्षमा   पिया सिंह

१७असार,बिरगंज| लायन्स क्लब अफ वीरगन्ज सेस्मी एकेडेमीको नयाँ कार्यसमिति गठन गरिएको छ। वीरगन्ज स्थित  त्रिशला होटलमा आयोजित विशेष समारोहमा लायन्स पिया सिंहको अध्यक्षतामा सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरिएको हो।

content ad p2

नयाँ कार्यसमितिमा लायन्स प्रभात आनन्द प्रथम उपाध्यक्ष, लायन विनायक कुशवाहा सचिव तथा लायन्स प्रसिद्धी आनन्द सिंह कोषाध्यक्ष पदमा चयन भएका छन्। पूर्व अध्यक्ष लायन मेहर यादवले दोस्रो कार्यकाल सफलतापूर्वक सम्पन्न गरी पद हस्तान्तरण गरिन्।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित लायन्स इन्टरनेशनलका पाष्ट मल्टिपल काउन्सिल चेयरपर्सन लायन डा. रमेश अग्रवालले क्लबलाई “सम्भावनाशील र गतिशील क्लब”को रूपमा मूल्यांकन गर्दै नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे।

सो अवसरमा जोन चेयरपर्सन लाय न्स सल्मा खातुनलाई लायन वर्ष २०२४–२५ का लागि उत्कृष्ट जोन चेयरपर्सन एवार्ड प्रदान गरिएको थियो।

कार्यक्रममा पूर्व डिष्ट्रिक्ट गभर्नर लाय न्स डी.एन. अग्रवाल, प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर लाय न्सरामबिहारी पाण्डे, डिष्ट्रिक्ट चिफ लाय न्स उमेश साह कानु, एरिया चिफ लायन्स रामेश्वर गुप्ता, तथा अन्य विशिष्ट लायन्स पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति थियो।

नयाँ कार्यसमितिको कार्यकाल जुलाई १ देखि औपचारिक रूपमा सुरु हुनेछ।

सम्बन्धित खबर

विशेष अदालतको फैसला : वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनाले पाए सफाइ

लक्की खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर