Lucky-Khabar_

वीरगञ्जमा धूमधामका साथ मुस्लिम समुदायको ताजिया (दाहा)पर्व भव्य रूपमा सम्पन्न

राम सुद्र आर्य
२२असार,बिरगं|मुस्लिम समुदायको प्रमुख धार्मिक पर्व ताजिया (दाहा) आज वीरगञ्जमा धूमधामका साथ मनाइँएको छ। इस्लाम धर्मावलम्बीहरूले इमाम हुसैनको शहादतको सम्झनामा मोहरम महिनाको दशौँ दिन अर्थात् आशुराको दिन यो पर्व विशेष रूपमा मनाउने गर्दछन्।

ताजिया पर्वले बलिदान, सत्य र धार्मिक सहिष्णुताको सन्देश दिन्छ। सन् ६८० मा कर्बलामा इमाम हुसैनले अन्यायविरुद्ध लड्दै ज्यान अर्पण गरेका थिए। त्यही सम्झनामा बनाइने ‘ताजिया’ लाई रंगीन सजावटसहित जुलुसमार्फत नदी वा पोखरीमा विसर्जन गरिन्छ।

वीरगञ्जमा यो पर्व शान्तिपूर्ण र मर्यादित ढङ्गले सम्पन्न गराउन सुरक्षा व्यवस्था कडा पारिएको छ। वीरगञ्ज महानगरपालिका, सुरक्षा निकाय र मुस्लिम समुदायका अगुवाहरूले सहकार्य गर्दै पर्व व्यवस्थापन गरेका थिए।

content ad p2

नगर प्रमुख राजेशमान सिंहले धार्मिक सहिष्णुताका लागि सबैलाई संयम र सद्भाव देखाउन आग्रह गरे भने प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पर्व शान्तिपूर्ण बनाउन सम्पूर्ण तयारी पूरा भएको बताएका थिए।

मुस्लिम समुदायले सामाजिक एकता, सहअस्तित्व र धार्मिक सद्भाव बलियो बनाउने आशयका साथ पर्व मनाएका छन्। वीरगञ्जजस्तो विविधतायुक्त सहरमा ताजिया पर्वले मेलमिलाप र भाइचारा प्रगाढ बनाउने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर

विशेष अदालतको फैसला : वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनाले पाए सफाइ

लक्की खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर