Lucky-Khabar_

दाजु–भाइबीचको अंश विवादले गर्दा देवरले गरे भाउजूको हत्या

२४असार, विराटनगर|मोरङको रतुवामाईमा दाजु–भाइबीचको अंश विवादले गर्दा देवरले गरे भाउजूको हत्या गरेका हुन्।

रतुवामाई नगरपालिका–६ का गणेशबहादुर बस्नेतकी पत्नी ६० वर्षीया टीकामाया कार्की बस्नेतको हत्या भएको हो। ‘टीकामाया बोल्न सक्दिन थिइन्। बोली नआउने र इसाराले मात्रै कुरा गर्न सक्ने उनको हत्या भएको छ,’मोरङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कोपिला चुँडालले बताईन।

चुँडालका अनुसार देवर ६९ वर्षीय टंकबहादुर बस्नेतले टीकामायाको हत्या गरेका हुन्। आफ्नै बारीमा घाँस काट्न गएका बेला हत्या गरेर फालेको अवस्थामा यही असार २१ गते दिउँसो टीकामायाको शव फेला परेको थियो। मृतकको टाउको पछाडि घुच्चुकमा चोट देखियो। विराटनगरको कोशी अस्पतालमा शवको पोस्टमार्टम गरिएको थियो। चिकित्सकले टीकामायाको मृत्यु चोटका कारण भएको जानकारी दिएपछि इलाका प्रहरी कार्यालय सिजुवाका इन्स्पेक्टर होमप्रसाद अधिकारी नेतृत्वको टोलीले घटनाको विस्तृत अनुसन्धान सुरु गर्‍यो।

अनुसन्धानका क्रममा मृतकका पति गणेश र उनका भाइ टंकबीच लामो समयदेअि अंश विवाद रहेको पत्ता लाग्यो। प्रहरीका अनुसार पुर्खौली सम्पत्ति भाइले एकलौटी बनाउन खोजेपछि गणेश अदालतको शरणमा पुगेका थिए। गणेशले पनि अंश पाउने फैसला अदालतले गरेको पाइएको प्रहरीको भनाइ छ।गणेश र टंकका आमा अलग–अलग हुन्। गणेश जेठी र टंक कान्छी आमाका छोरा रहेको प्रहरीले जनाएको छ।

‘दाजु–भाइबीच लामो समयदेखि अंश विवाद रहेछ। अदालतले अंश गणेशले पनि पाउने फैसला गरेको पाइयो,’ डीएसपी चुँडालले भनिन्, ‘त्यसपछि दाजु–भाइबीचको विवाद झन् बढ्यो। आफूले मात्रै भोगचलन गर्न खोजेको जग्गाजमिन दिनुपर्ने भएपछि दाजु गणेशको परिवारसँग टंक क्रुद्ध बनेका रहेछन्।’ उनका अनुसार अंश विवादको रिसईबी साँधेर बसेका टंकले हँसियाको बिँडले प्रहार गरेर भाउजू टीकामायाको हत्या गरेको पाइएको छ।

content ad p2

त्यसअघि पनि उनले भाउजूलाई पटक–पटक गाली गलौज र कुटपिट गर्न खोज्ने गरेको प्रहरीको भनाइछ। ‘हँसियाको बिँडले घुच्चुकको दायाँ भागमा प्रहार गरेर टंकले भाउजूको हत्या गरेको पत्ता लाग्यो। घटनामा संलग्नलाई पक्राउ गरेर अनुसन्धान एवं कारबाहीको दायरामा ल्याइसकिएको छ,’ चुँडालले भनिन्।

त्यस्तै प्रहरीले घटना भएको २ दिनपछि टंकलाई सोमबार दिउँसो आफ्नै घरबाट पक्राउ गरेको हो। भाउजूको हत्यामा प्रयोग गरिएको हँसिया टंककै घरबाट बरामद भएको प्रहरीको भनाइ छ। टंकविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाउने प्रहरीको तयारी छ। इन्स्पेक्टर होमप्रसाद अधिकारी नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको जानकारी डीएसपी चुँडालले दिइन्।

सम्बन्धित खबर

विशेष अदालतको फैसला : वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनाले पाए सफाइ

लक्की खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर