Lucky-Khabar_

बाढीका कारण रसुवाको ड्याम साइडमा फसेको ५५ जनाको उद्धार, १८ जना बेपत्ता

२४ असार, काठमाडौं। चीनतर्फबाट आएको बाढीका कारण रसुवाको ड्याम साइडमा फसेको ५५ जनाको उद्धार, १८ जना बेपत्ता भएको छ ।

content ad p2

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाको उद्दार टोलीले मंगलबार दिउँसो ३स्३०० बजेसम्म ५५ जनाको उद्धार गरिएको जनाएको छ । उद्धार गरिएकामा ४ महिला र ५१ जना पुरुष रहेका छन् ।

उनीहरूलाई झोलुङ्‍गे पुलबाट हिँडाएर उद्धार गरिएको प्रहरीले जनाएको छ । उद्धार हुनेमा १ जना चिनियाँ नागरिक समेत छन् । यसका साथै बाढीबाट अहिलेसम्म १८ जना बेपत्ता भएका छन् भने १०० भन्दा बढी गाडी बगाएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

विशेष अदालतको फैसला : वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनाले पाए सफाइ

लक्की खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर