Lucky-Khabar_

सुनचाँदी पसल लामो समय बन्दपछि आजदेखि खुल्यो

२७ असार, काठमाडौं । सुनचाँदी पसल सरकारसँग ६ बुँदे सहमति भएपछि व्यवसायीले आजदेखि खोलेका छन् ।व्यवसायीहरुले करिब एक महिना लामो आन्दोलन स्थगित गरेर आजदेखि व्यवसाय सञ्चालन गरेका हुन् ।

content ad p2


नयाँ बजेटमा सुनको कारोबारमा २ प्रतिशत विलासिता कर र हीरा जडित गरगहनामा १३ प्रतिशत भ्याटको व्यवस्था गरिएपछि व्यवसायीहरू आन्दोलित भएका थिए। बिहीबार अर्थ मन्त्रालयमा भएको वार्तामा सहमति जुटेपछि आन्दोलन स्थगनको घोषणा गरिएको हो ।


सहमतिमा सुन र हिरामा लागेको कर र भ्याटबारे अध्ययन गर्न कार्यदल गठन गरिने, कार्यदलले प्रतिवेदन पेस नगरेसम्म बढेको कर र भ्याट लागू नगर्ने, विलासिताको परिभाषाभित्र राखिएको सुन तथा सुनका गहनाको सन्दर्भमा आवश्यक अध्ययन गरी पुनरवलोकन प्रक्रिया अघि बढाउने लगायतका सहमति भएको छ ।

सहमति पत्रमा अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, आन्तरिक राजस्व विभाग, भन्सार विभाग, नेपाल राष्ट्र बैंक र नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधिले हस्ताक्षर गरेका छन्। यो सहमतिले सुनचाँदी व्यवसायमा देखिएको गतिरोध अन्त्य गरी बजारमा सामान्य अवस्था फर्काएको छ।

सम्बन्धित खबर

भारतीय एसएसबीले भत्कायो नेपाली भूमि सुस्तामा छिरेर निर्माणाधीन बाँध

लक्की खबर

रक्सौल आइपुग्यो युरिया मलको पहिलो खेप, आजै वीरगञ्ज भित्र्याइने तयारी

लक्की खबर

NRN युवती दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, इतिहासमा पहिलो गैरआवासीय नेपाली विजेता

लक्की खबर