Lucky-Khabar_

ब्राइट पब्लिक स्कूल बिरगंजमा परिवार डेन्टल केयरद्वारा नि:शुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न

कन्हैया पटेल
०८ साउन,बिरगंज|परिवार डेन्टल केयर, बीरगंज–९ रेडक्रसको सामुने संचालनमा रहेको दन्त चिकित्सालयले समय–समयमा विभिन्न स्थानमा नि:शुल्क स्वास्थ्य शिविरमार्फत सेवाहरु प्रदान गर्दै आइरहेको छ। यसै क्रममा परिवार डेन्टल केयरको आयोजनामा ब्राइट पब्लिक स्कूल, बीरगंजमा आयोजित नि:शुल्क मुख तथा दन्त स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ।

शिविरमा नर्सरीदेखि कक्षा १२ सम्मका करिब ५०० जना विद्यार्थीहरूको दाँत जाँच गरिएको थियो। जाँचका क्रममा धेरैजसो विद्यार्थीहरूमा दाँतमा कीरा लाग्ने, सास गन्हाउने, गिजा फुल्ने जस्ता समस्याहरू देखिएको डा. विकास कुमार पटेलले जानकारी दिए।

content ad p2

डा. पटेलका अनुसार, यस्ता समस्याहरूको समयमै उपचार गर्नुपर्नेमा जोड दिँदै ओपीडी सेवा पूर्णतः निशुल्क र अन्य दन्त सेवामा २५% छुट दिइने घोषणा गरिएको छ।

शिविरमा डा. विकास कुमार पटेलसँगै डा. बन्दना ठाकुर लगायत डेन्टल केयरका स्वास्थ्यकर्मीहरूको उल्लेखनीय भूमिका रहेको थियो। विद्यालयका शिक्षक शिक्षिकाहरूको पनि सक्रिय सहभागिता रहेको कार्यक्रममा विद्यार्थीहरूमा दन्त स्वास्थ्यप्रति चेतना अभिवृद्धि भएको बताइएको छ।

विद्यालय प्रशासनले यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई दीर्घकालीन रूपमा फाइदा पुर्‍याउने भन्दै आयोजकलाई धन्यवाद ज्ञापन गरेको छ।

सम्बन्धित खबर

जनताको सेवा अवरुद्ध हुनु हुँदैन : वडा कार्यालय निरीक्षणमा सांसद सुशील कानू

लक्की खबर

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमको राष्ट्रिय समीक्षा सम्पन्न

लक्की खबर

पर्सा ट्राफिक प्रहरीको‘२ पाङ्ग्रे सवारी चालकसँग २ मिनेट’ अभियान, चालकलाई ट्राफिक नियमबारे सचेतना कार्यक्रम

लक्की खबर