Lucky-Khabar_

वीरगन्ज कपडा बैंक द्वारा पर्साको धोबिनी गा.पा. जगरनाथपुरको आगलगी पीडित लाई सहयोग प्रदान

लालबाबु सिंह
८ श्रावण,वीरगन्ज । वीरगन्ज कपडा बैंकले पर्साको धोबिनी गाउपालिका-५ जगरनाथपुर टोलका आगलागिबाट पिडित परिवारलाइ कपडा एवं नगद सहयोग प्रदान गरेको छ । बैंकका संरक्षण अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मी ,अध्यक्ष लालबाबु सिंह, कोषाध्यक्ष मनोज मिश्रा,सल्लाहकार अधिवक्ता प्रकाश कुमार उपाध्यायले आगलागी पीडित अशेसर दासलाइ राहत स्वरूप लत्ताकपडा २ बोरा ,कम्बल २ थान, झुल २ थान ,ओछ्याने म्याट र नगद ६ हजार ५ सय रुपैया लगायत सामाग्री सहयोग बैंकको कार्यालयमा एक कार्यक्रम गरि हस्तान्तरण गरिएको हो ।

सो अवसरमा कपडा बैंकका संरक्षक अधिवक्ता कुर्मिले “तपाई संग धेरै छ भने हामिलाइ दिनुस र तपाई लाई जरुरी छ कमि छ भने हामी संग निशुल्क लियेर जानुस “को मुलमन्त्रलाइ आत्मसात गरि बैंकले बिगत ६ वर्ष देखि नियमित रुपमा दिन दुखी असहायको नया पुरानो कपडाको माध्यमले र आगलागी जस्तो आपत बिपत परेको खण्डमा लत्ताकपडा को साथै सक्दो खाद्यान्न एवं नगद सहयोग गर्दै आएको सर्वबिदितै रहेको बताउदै हामी सबैले आआफ्नो आम्दानिको ५ देखि १०% सम्म दिन दुखी असहायको सेवा सहयोगमा खर्चिने बानी बनाउनु पर्नेमा जोड दिदै यो नै मानवको सर्बोत्तम धर्म हो भन्दै सम्पूर्णलाइ मानवता बलियो बनाउन आग्रह गरे ।
पर्साको धोबिनी गाउँपालिका वडा नम्बर ५ टोलमा गत असारमा चट्याङ बाट दासको घरमा आगलागी हुदाँ घर जलेर पुर्णरुपमा नष्ट भएको थियो । घरमा रहेका नगद, सुनचाँदी , धान गहु, चामल,दाल ,लत्ताकपडा, भाडावर्तन टिभी,सिलाइ मेशिन , पंखा , बिजलिको मिटर लगायतसबै जलेर नष्ट भएर करिब ५ लाख बराबरको क्षति भएको बैंकका कोषाध्यक्ष पत्रकार मनोज मिश्राले बताउनु भएको कथियो ।

सल्लाहकार अधिवक्ता उपाध्यायले हामी सबैको साझा प्रयासले नै दिनदुखी असहायको समुचित सेवा सहयोग हुने भएकोले आगलागी जस्तो बिपत्तिको पिडितहरुको जति सकिन्छ सबैले सहयोग गरे मानवता बलियो हुने बताउदै बैंकको सुकार्यमा सबैले साथ दिनुपर्नेमा जोड दिए ।
सो अवसरमा अध्यक्ष सिंहले दिन दुखी असहायको सेवा सहयोगमा वीरगन्ज कपडा बैंकको अभियानमा नया पुराना कपडा र आर्थिक रुपले हातेमालो गरि मानवता बलियो बनाउने सम्पुर्ण सहयोगी , दाता, शुभेच्छुकहरु लाइ हार्दिक आभार प्रकट गर्दै आगलागी पिडित दासको घर बनाउन आवश्यक सहयोग गरिदिन साथै हामि सबैले आआफ्नो गाउठाउमा जति सक्दो दिन दुखी असहायको सेवा सहयोग गर्न आग्रह गरेका थिए ।
सो अवसरमा आगलागी पिडित दासले आगोले हामी गरिबको सर्वस्व खरानी गरेर लगेको र अहिले आफुहरु छिमेकिको गोठमा सुतिरहेको बताउदै बैंकको दिन दुखी प्रतीको सुकार्यको खुलेर प्रसंशा गर्दै यो सहयोग आफू र परिवारले कहिल्यै बिर्सन नसक्ने भन्दै मुरि मुरि धन्यवाद ब्यक्त गरेका थिए ।

content ad p2

सम्बन्धित खबर

वीरगञ्ज आउँदै तरकारी लिएको ट्रक भीमफेदीमा दुर्घटना, एक जनाको मृत्यु

लक्की खबर

पर्सामा २०७ केजी गाँजासहित टाटा योद्धा पिकअप र चालक पक्राउ

लक्की खबर

उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पकहाँ मैनपुर गाउँपालिकाद्वारा ल्यापटप वितरण

लक्की खबर