Lucky-Khabar_

घरजग्गा कारोबारमा ठूलो गिरावटआएकोले चालु आर्थिक बर्षमा २८ प्रतिशतले घट्यो

काठमाडौं ।घरजग्गा कारोबारमा ठूलो गिरावटआएकोले चालु आर्थिक बर्षमा २८ प्रतिशतले सुरुमै घरजग्गा कारोबारमा भारी गिरावट आएको छ ।

गत आर्थिक वर्षमा केही सुधार देखिएको यस क्षेत्रमा अहिले फेरि सुस्तता छाएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकले देखाएको छ ।विभागका अनुसार, गत वर्षको साउन महिनाको तुलनामा यस वर्षको साउनमा घरजग्गा कारोबार २८ प्रतिशतले घटेको छ । साउन २०८१ मा देशभर ४३ हजार ८३५ वटा घरजग्गा कारोबार भएकोमा यस वर्षको साउनमा यो संख्या घटेर ३१ हजार ६२१ मा सीमित भएको छ ।

content ad p2

साथै सरकारले यस गिरावटको मुख्य कारण कित्ताकाट रोक्नुलाई मानिएको छ । नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेका अनुसार, कित्ताकाट रोकिएपछि घरजग्गा कारोबार लगभग ठप्प भएको छ । सरकारले भू–उपयोग नियमावलीअनुसार जग्गाको वर्गीकरण नगरेका कारण र नियमावलीको म्याद सकिएपछि साउन १ गतेबाट कित्ताकाट पूर्ण रूपमा रोकिएको छ ।

काठमाडौं उपत्यकामा साउन महिनामा ३ हजार २० वटा मात्रै घरजग्गा कारोबार भएको छ । यसमा ललितपुर, भक्तपुर र काठमाडौंका विभिन्न मालपोत कार्यालयहरूको तथ्यांकले पनि कारोबारमा आएको सुस्ततालाई पुष्टि गर्छ। उदाहरणका लागि, ललितपुरको गोटीखेल मालपोत कार्यालयबाट मात्र ६ वटा कारोबार भएको छ ।

सम्बन्धित खबर

गोली लागेर युवक पक्राउ, सस्तोमा अमेरिकी डलर साटिदिने भन्दै लुटपाट

लक्की खबर

वीरगन्ज भन्सारबाट छुटेका सुन्तलाको प्रज्ञापनपत्रमा केरा तस्करीको आशंका,थप दुई ट्रक पनि शंकाको घेरामा

लक्की खबर

श्रीमतीलाई छुरा प्रहार गरी फरार भएका श्रीमान् वीरगञ्जबाट पक्राउ

लक्की खबर