Lucky-Khabar_

बिरगंज युवा समाज द्वारा रक्तदान कार्यक्रम सम्पन्न ,१०३ जनाले गरे रक्तदान

बिरगंज । बिरगंज युवा समाजले रक्तदान कार्यक्रमको आयोजना सम्पन्न गरेको छ ।शनिबार कार्यक्रममा आयोजना गरेको रक्तदान कार्यक्रममा १३ महिला सहित १०३ जनाले रक्तदान गरेका हुन ।

content ad p2

सो रक्तदान कार्यक्रमका प्रमुख अतिथी पर्साका प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीले बिरगंजमा रगतको कमि भएको समयमा रक्तदान कार्यक्रमको आयोजना गरेकोमा बिरगंज युवा समाजको मुरि मुरि प्रसंशा गर्दै रक्तदान भनेको दिनेलाइ केही घाटा हुदैन र लिने लाई त कति फाईदा कति फाईदा मात्र हुने हैन की जीवन नै बाच्ने भएकोले हामी सबैले प्रत्येक ३ तीन महिनामा रक्तदान गरि कसैको जिवन जोगाएर मानवता बलियो बनाउन आग्रह गरेका थिए ।

बिशिस्ट अतिथी पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्राले रक्तसञ्चार केन्द्र बिरगंजमा रगतको अभाव भएकोले बिरगंजको नारायणी अस्पताल लगायत विभिन्न अस्पतालहरुमा उपचाररत बिरामिहरुको उपचारमा निकै समस्या आइरहेको खबर प्राप्त भएको विषम समयमा रक्तदान गर्न गराउन सबैले हातेमालो गरि मानवता बलियो बनाउन र बिरगंज युवा समाजले गरेका सुकार्यलाई अझ ब्याप्कता प्रदान गर्नमा जोड दिएका थिए छन ।

होटल मकालुको सभाहलमा सम्पन्न सो रक्तदान कार्यक्रम समाजका अध्यक्ष संजीव थापाको अध्यक्षतामा एवं पर्साका प्रमुख आतिथ्य र पर्सा प्रहरी उपरीक्षक गौतम मिश्रा,सशस्त्र प्रहरी उपरीक्षक पुरन चन्द भट्ट ,बरिस्ठ चिकित्सकश्यामसुन्दर दास,वरिष्ठ दन्तरोग विशेषज्ञ डा. मनोज उपाध्याय,समाजसेवी अधिवक्ता प्रकाश उपाध्याय,नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति बृजकिशोर पटेल,पर्सा ट्राफिक प्रमुख लोकराज भट्ट , बिरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह ,बिरगंज जेसिजका पुर्व अध्यक्ष सन्तोष खनाल ,रक्तसञ्चार केन्द्र बिरगंजका प्रमुख सौरभ राज पाण्डे रहेका थिए |

त्यस्तै अभिभावक संघ पर्साका अध्यक्ष संदिप साह,समाजसेवी राजेन्द्र भट्टराई ,बिरशमशेर कुर्मी,राजन श्रीवास्तव ,पत्रकारहरु बाईपास दैनिकका संचालक धिरज दारुका ,उज्ज्वल शर्मा,जगत राई, समाजका उपाध्यक्ष सुभद्रा राणा ,सदस्यहरु अस्मिता थापा,,काजल कोइराला ,रोजि प्रधान,मन्जु भण्डारी , पुर्ण बहादुर गुरुङ ,सुशील श्रेष्ठ ,बिनोद धिमाल,सृष्टि बिस्ट,सुदेश लाखे,बिक्रान्त खनाल,विवेक बेरिवाल,श्याम गुप्ता,सुमन पौडेल ,कमलेश सराफ,मनोज गुप्ता,जगत गुप्ता,मन्टु सिंह ,ओम रौनियार ,सुशील सिंह ,सैयाद अंसारी, लगायतको सहभागिता रहेको थियो ।

सो अवसरमा सहभागि बिशिस्ट अतिथि एवं अतिथि वक्ताहरुले हामिले गरेको रक्तदानले कसैको जीवन बचाउन सकिने भएकोले यस्तो पवित्र कार्य गर्ने सबै इश्वरका साक्षात दुत हुन भन्दै सम्पुर्ण युवा ,अग्रज, महिलाहरुलाइ रक्तदान गर्न आग्रह गर्दै समाजलाइ बधाई धन्यवाद प्रदान गरेका थिए ।
सो अवसरमा समाजका अध्यक्ष थापाले रक्तसञ्चार केन्द्र बिरगंजमा रगतको अभाव भएकोले छोटो समयमा रक्तदान कार्यक्रमको आयोजना गरिएको र हाम्रो छोटो निमन्त्रणालाई स्विकार गरि रक्तदान गरि मानवता बलियो बनाउने आदरणीय रक्तदाताहरु एवं प्रमुख अतिथी,बिशिस्ट अतिथी ,अतिथी लगायत सम्पुर्ण सहयोगी हातहरुलाइ हार्दिक आभार प्रकट गरेका थिए ।

समाजका सदस्य विवेक बेरिवालको संयोजकत्वमा सम्पन्न सो रक्तदान कार्यक्रममा स्वागत एवं सहजीकरण सन्चारकर्मी लालबाबु सिंहले गरेका थिए भने रक्तसञ्चार केन्द्रका प्राबिधिक जितेन्द्र कुश्वाहाको नेतृत्वमा रहेको टोलिले रक्तदानमा सघाएका थिए ।

सम्बन्धित खबर

विशेष अदालतको फैसला : वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनाले पाए सफाइ

लक्की खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर