Lucky-Khabar_

बिरगंज युवा समाज द्वारा जेनजी आन्दोलनका सहिदहरु प्रती दिप प्रज्वलन गरि श्रद्धाञ्जली अर्पण

लालबाबु सिंह
बिरगंज । बिरगंज युवा समाजले जेनजी आन्दोलनको क्रममा सहादत प्राप्त गरेका सहिदहरु प्रती श्रद्धाञ्जली अर्पण गरेको छ ।

content ad p2

बिरगंज युवा समाजका अध्यक्ष संजीव थापाको अध्यक्षतामा बुधबार साझ बिरगंज ४ मा स्तिथ बिर्ता माइ मन्दिर अगाडि सहिदहरुको आत्माको चिर शान्तिको कामना गर्दै दिप प्रज्वलन गरि श्रद्धाञ्जली अर्पण गरिएको हो ।
सो अवसरमा बिरगंज युवा समाजका वरिष्ठ सल्लाहकार वरिष्ठ चिकित्सक डा. श्यामसुन्दर दासले दिप प्रज्वलन गर्दै सहिदहरुको आत्माको चिर शान्तिको लागि १ मिनेट मौन धारण गरिएको थियो ।
सो अवसरमा अध्यक्ष थापाले हाम्रा जेनजी पुस्ताका युवाहरुद्वारा सरकार बिरुद्ध उठाइएको भ्रष्टाचार, बेथिति, अनियमितता, बेरोजगार, जनताप्रतिको जवाफदेहिता र देश जनताको लागि भ्रष्टाचारमुक्त सुनौलो भविष्य, सुशासन र सुन्दर समृद्ध नेपालकाे लागि गरिएको आन्दोलनलनका क्रममा ज्यान गुमाउनुहुने सम्पुर्ण शहीदहरू प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै, शोक संतप्त परिवारजनहरु प्रति गहिरो समबेदना व्यक्त गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना एवं घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गरेका थिए ।

जेनजीहरुले देश जनता र आउने पुस्ताहरुको लागि ज्यान अर्पण गरेको बताउदै उहाँहरुले देखेको नया सुनौलो भ्रष्टाचारमुक्त समृद्ध नेपाल को सपना हामी सबै जनता मिलि पूरा गर्नु पर्दछ र यो नै हाम्रा जेनजी सहिदहरु प्रती सच्चा श्रद्धाञ्जली हुनेछ भन्दै सम्पुर्णलाई सजग रहि देशलाई साथ दिन हातेमालो गर्न आग्रह गरेका थिए ।
सो कार्यक्रमका बिरगंज युवा समाज ,भगवती युवा क्लबको पदाधिकारी सदस्यहरुको साथै स्थानिय अग्रज ,महिला युवा लगायत सहभागीहरुले जेनजी सहिदहरु प्रती श्रद्धाञ्जली अर्पण गर्दै जेनजी सहिदको सपना पूरा गर्न आफुहरु एकताबद्ध भइ सधै तैयार रहेको बताएका थिए ।

सम्बन्धित खबर

धर्मनिरपेक्षता खारेज गरी हिन्दूराष्ट्र कायम गर्न माग गर्दै जनकपुरमा प्रदर्शन

लक्की खबर

बाराको सिमरामा चक्कु प्रहारबाट एक जनाको मृत्यु

लक्की खबर

‘मधेस राज्य’का लागि फेरि आन्दोलनमा उत्रिन तयार रहनुस :बीरगंजबाट उपेन्द्र यादवको आह्वान

लक्की खबर