Lucky-Khabar_

रक्सौलमा मारवाड़ी महिला सम्मेलनद्वारा डांडिया नाइट, नवरात्रिमा उल्लासपूर्ण माहोल

रक्सौल|अखिल भारतीय मारवाड़ी महिला सम्मेलन रक्सौल शाखाको आयोजनामा शुक्रबार साँझ रक्सौल मेन रोडस्थित पंकज वाटिकामा भएको “डांडिया नाइट” ले स्थानीयलाई विशेष अनुभव दिलायो।

नवरात्रिको अवसरमा आयोजित यस कार्यक्रमको उद्घाटन आईसीपी प्रबन्धक कुमार राजीव रंजन, कार्यकारी सभापति पुष्पा देवी, मारवाड़ी पंचायत मन्दिरका सचिव कैलाश चन्द काबरा, बिहार प्रादेशिक मारवाड़ी सम्मेलनका सचिव सीताराम गोयल, मारवाड़ी महिला सम्मेलनकी अध्यक्षा सोनु काबरा, महिला तथा बाल विकास प्रमुख वीणा गोयल, सचिव संगीता धानोठिया र धीरज कुमारले संयुक्त रूपमा दीप प्रज्वलन गरेर गरेका थिए।

कार्यक्रम गणेश वन्दनाबाट सुरु भएको थियो। देवी गीतसँगै वातावरण गरबा–रङ्गमा रंगिएको थियो। रङ्गीचङ्गी बत्तीहरूको झिलमिलमा महिलाहरू, युवतीहरू र जोडीदारहरूले डांडिया र गरबा गीतमा घन्टौँसम्म रमाइलो गरे। ‘ढोलीदा’, ‘मेरी चुनर उड़ उड़ जाए’, ‘सबसे बड़ा तेरा नाम’ जस्ता लोकप्रिय गीतहरूले माहोल झनै उत्साहपूर्ण बनाएका थिए।

content ad p2

मुख्य आकर्षण फन, फूड र म्युजिक रह्यो। कार्यक्रममा राखिएका चाट–पकौडा जस्ता स्वादिला परिकारका स्टलहरूले सहभागीलाई लोभ्याए।

शिखा रंजनले कार्यक्रमको सफल सञ्चालन गरिन् भने गोरखपुरका एंकर साकेत जालान (ओरियो) ले आफ्नै रोचक शैलीले उपस्थितलाई मनोरञ्जन गराए।

त्यसैगरी सोलो डांडिया, कपल डांडिया र ग्रुप डान्स जस्ता प्रतियोगिताले पनि सहभागीहरूलाई थप उत्साहित बनाए।

सम्बन्धित खबर

विशेष अदालतको फैसला : वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनाले पाए सफाइ

लक्की खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर