Lucky-Khabar_

बीरगंजको नेशनल मेडिकल कलेजमा विद्यार्थी–शिक्षकको सहभागितामा च्यारिटेबल फेस्ट भव्यतापूर्वक सम्पन्न

राम आर्य
वीरगञ्ज |नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा “Charitable Cultural Fest & Award Affiliation Ceremony” भव्यतापूर्वक सम्पन्न भएको छ।

आयोजकका अनुसार कार्यक्रमको उद्देश्य चिकित्सा शिक्षा मात्र नभई समाजसेवा, सिर्जनात्मकता र नेतृत्वतालाई प्रोत्साहन गर्नु थियो।

content ad p2

कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेशनल मेडिकल कलेजका अध्यक्ष प्रा.डा. जैनुदिन अन्सारी र विशिष्ट अतिथिका रूपमा प्रबन्ध निर्देशक शहनवाज अन्सारीको विशेष उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता प्रिन्सिपल प्रा.डा. के. एन. सिंहले गर्नुभएको थियो।

त्यसैगरी शैक्षिक निर्देशक डा. रुबी श्रेष्ठ यास्मिन, अस्पताल निर्देशक डा. इशरत जहाँ अन्सारी, एडमिसन तथा मार्केटिङ निर्देशक आबिद हुसेन अन्सारी, नेशनल मेडिकल कलेज च्यारिटेबल सोसाइटीका अध्यक्ष एवं उपप्रिन्सिपल डा. रवीशंकर गुप्ता, नर्सिङ निर्देशक, उपप्रिन्सिपल नर्सिङसहित विभिन्न संकायका प्राध्यापक, विद्यार्थी र प्रशासनिक अधिकृतहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा स्वागत नृत्य, भाषण, विद्यार्थीहरूको सिर्जनात्मक प्रस्तुति, च्यारिटेबल सोसाइटी तथा नेपाल हेल्थ कोर्प्सको वार्षिक प्रतिवेदन प्रस्तुति, पुरस्कार वितरण र चेक हस्तान्तरणजस्ता आकर्षक गतिविधिहरू प्रस्तुत भए।

आयोजक समितिका अनुसार यस प्रकारका कार्यक्रमले उत्कृष्टता पहिचान, नेतृत्व विकास, सिनियर–जुनियरबीचको सम्बन्ध मजबुत बनाउन, सामाजिक उत्तरदायित्वप्रति जागरुकता बढाउन र विद्यार्थीलाई आत्मविश्वासी बनाउन सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

नेशनल मेडिकल कलेज च्यारिटेबल सोसाइटीले विगतदेखि नै निःशुल्क स्वास्थ्य परीक्षण शिविर, वृक्षारोपण, रक्तदान, कपडा वितरण, जनचेतना कार्यक्रम, खेलकुद र सांस्कृतिक गतिविधिजस्ता सामाजिक सेवामूलक कार्य गर्दै आएको छ।

कार्यक्रममार्फत कलेजले “Beyond Medicine, Towards Humanity” भन्ने सन्देशलाई निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

सम्बन्धित खबर

पर्सामा शान्ति–सुरक्षाबारे सर्वदलीय बैठक, सद्भाव कायम राख्न आग्रह

लक्की खबर

देवानगञ्ज घटनामा मृतकका परिवार र सरकारबीच ७ बुँदे सहमति

लक्की खबर

सभापति अजय सर्राफको पहलमा वीरगञ्जको जग्गा वर्गीकरण फाइल भूमि प्रशासन कार्यालय, पर्सामा दर्ता

लक्की खबर