Lucky-Khabar_

दशैंमा वीरगञ्ज कपडा बैंकद्वारा नि:शुल्क कपडा वितरण

दशैंको अवसरमा वीरगञ्ज कपडा बैंकले घण्टाघरमा करिब ९५० थान नयाँ र पुराना कपडा गरीब तथा असहायलाई नि:शुल्क वितरण गरेको छ। कार्यक्रमको अध्यक्षता लालबाबु सिंहले गरेका थिए भने प्रमुख अतिथि वरिष्ठ समाजसेवी अधिवक्ता पन्नालाल गुप्ता रहे।

गुप्ताले आम्दानीको केही हिस्सा असहाय सेवामा खर्च गर्न सबैलाई आग्रह गर्दै दशैंलाई आपसी एकता र भाईचाराको पर्वका रूपमा मनाउन अपिल गरे। बिशिष्ट अतिथि प्रकाश उपाध्यायले नयाँ लुगा किन्न नसक्ने विपन्नलाई सहयोग गर्नु सबैको सामाजिक उत्तरदायित्व भएको बताए।

सचिव कन्हैया पटेलले दाताहरू, सञ्चारकर्मी र पदाधिकारीलाई धन्यवाद दिंदै सम्पूर्णलाई दशैंको शुभकामना दिएका थिए।

content ad p2

सम्बन्धित खबर

सभापति अजय सर्राफको पहलमा वीरगञ्जको जग्गा वर्गीकरण फाइल भूमि प्रशासन कार्यालय, पर्सामा दर्ता

लक्की खबर

देवानगञ्ज घटनापछि लहानमा तनाव, स्थिति नियन्त्रण गर्न प्रहरीले गर्‍यो हवाई फायर

लक्की खबर

धर्मभन्दा माथि राष्ट्रिय एकता : संसदमा नेता रहबर अन्सारीको सन्देश

लक्की खबर