सिन्धुली |सुनकोशी गाउँपालिका–६ मरिन डायभरसन नजिकै बा २० च ९३१ नम्बरको बलेरो पिकअप बीपी राजमार्गबाट सुनकोशी नदीमा खस्दा चालकसहित १३ जना घाइते भएका छन्।

घाइतेहरूमध्ये प्रेम मगर (२३ वर्षीया) को टाउकोमा चोट लागेको र उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइते सबै गोलन्जर गाउँपालिकाका एउटै वडाका परिवारका सदस्य रहेको प्रस्ट छ।

काभ्रेतर्फ सडकमा अत्यधिक जाम भएको र सिन्धुलीतर्फ जाम खुल्ने बित्तिकै सवारी साधन अत्यधिक गतिमा गुडाउने कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यलय सिन्धुलीले राजमार्गका विभिन्न स्थानमा प्रहरी परिचालन गरेर गति नियन्त्रणको कार्य गरेको जनाएको छ । चालक बर्ष २६ को ओम बहादुर रानाको दुवै खुट्टाको घुडामा सामान्य चोट लागेको र उनको प्रहरीको नियन्त्रणमा उपचार भइरहेको छ ।



