वीरगञ्ज । बारा र मकवानपुरको सिमानामा अवस्थित चुरियामाई मन्दिर नजिकै मङ्गलवार भएको सवारी दुर्घटनामा बाईक सवार दुई जनाको ज्यान गएको छ भने केही अन्य घाइते भएका छन्।

दशैंको अवसरमा मेला लाग्ने चुरियामाई मन्दिर उकालोतर्फ जाँदै गरेको यात्रुबाहक ना ७ ख ८५३७ नम्बरको बस उतारदिशातर्फ जाँदै गरेकाअचानक पछाडि गुड्न थालेपछि ना १२ प ३३६० र म.प्र.०३–०२४ प ४४९५ न.को मोटरसाइकलससित दुर्घटना भएको हो। बसले ओरालोमा पार्क गरिएको मोटरसाइकललाई किचेको प्रहरीको प्रारम्भिक जानकारीमा उल्लेख गरिएको छ। मृतक र घाइतेको पहिचान खुल्न सकेको छैन। घाइतेहरूलाई उपचारका लागि विभिन्न अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि सो क्षेत्रमा सवारी आवागमनमा असहजता आएको छ। स्थिति सामान्य बनाउन इलाका प्रहरी कार्यालय सिमरा र इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट थप प्रहरी टोली घटनास्थलमा खटाइएको छ।


सुरक्षा निकायले दशैंका अवसरमा चुरियामाई मन्दिर क्षेत्रको सवारी व्यवस्था अझ व्यवस्थित बनाउन आवश्यक रहेको बताएका छन्। थप विवरण बाँकी छ।


