Lucky-Khabar_

वीरगंजमा युवकको हत्या भएको आरोपमा पक्राउ परेका पाँच जना सार्वजनिक

वीरगंज । पर्साको वीरगंजमा गीता मन्दिर नजिक मंगलबार राति भएको युवकको हत्यामा सलंग्न ५ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

हत्या घटनामा मंगलबार राति करिब ११:३० बजे अपरिचित व्यक्तिहरूबीच कुटपिट हुँदा बारा परवानीपुर–९ घर भई हाल वीरगञ्ज–१० बस्ने २० वर्षीय शिवम साह कानु (गोल्डेन) गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि राति ११:४० बजे नारायणी अस्पताल ल्याइएको भए पनि उपचारकै क्रममा ११:५० बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

त्यसपछि जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदीप राज पाठकको कमाण्डमा प्रहरी निरीक्षक निरोज चौलागाईसहित ३२ जना सुरक्षाकर्मी परिचालन गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

content ad p2

मृतक साहको समूह र प्रतिपक्षी युवाहरूबीच विगतदेखि नै विवाद हुँदै आएको र सोही रिसईवीको कारण उनलाई निशाना बनाई बाँसको लठ्ठी, हात–खुट्टा प्रयोग गरी कुटपिट गरी हत्या गरिएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न भएको आरोपमा वीरगंज–२४ रामगढवा बस्ने १९ बर्षिय गौतम पटेल, २० बर्षिय सुभांकर चौरसिया, २२ बर्षिय करण प्रसाद पटेल उर्फ अमिरी पटेल, २४ बर्षिय चन्दन चौरसिया र १९ बर्षिय अमन पटवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अनुसन्धानका क्रममा घटनास्थलको CCTV फुटेज, भिडियो रेकर्ड तथा CDR विश्लेषणमार्फत आरोपितहरूको संलग्नता पुष्टि भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आरोपितहरुलाई वीरगंज र भारत सिमानानजिकको भिस्वा क्षेत्रबाट पक्राउ गरिएको हो ।

प्रहरीले घटनाको कारण पुरानो रिस–आवेग, आफुलाई कु-ख्यात प्रदर्शन गर्ने (ग्याङ–स्टार) देखाउने प्रवृत्ति र व्यक्तिगत दुश्मनी रहेको निष्कर्ष निकालेको छ ।

प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी हरि बहादुर बस्नेतका अनुसार घटनामा थप व्यक्तिहरूको संलग्नता रहन सक्ने भएकाले अनुसन्धानलाई अझै गहिरो पारिएको बताईएको छ ।

सम्बन्धित खबर

गोली लागेर युवक पक्राउ, सस्तोमा अमेरिकी डलर साटिदिने भन्दै लुटपाट

लक्की खबर

वीरगन्ज भन्सारबाट छुटेका सुन्तलाको प्रज्ञापनपत्रमा केरा तस्करीको आशंका,थप दुई ट्रक पनि शंकाको घेरामा

लक्की खबर

श्रीमतीलाई छुरा प्रहार गरी फरार भएका श्रीमान् वीरगञ्जबाट पक्राउ

लक्की खबर