Lucky-Khabar_

रास्वपाको केन्द्रीय समिति बैठक सोमबार, ९ कार्यसूची यि हुन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सोमबार बस्ने भएको छ। पार्टीका प्रवक्ता मनिष झा का अनुसार बैठक दिउँसो ३ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा आयोजना हुनेछ।

content ad p2

पार्टी सभापति रवि लामिछाने को निर्देशनमा बैठकमा सबै सदस्यलाई अनिवार्य उपस्थित हुन आग्रह गरिएको छ। यसअघि आइतबार अपराह्न ३ः३० बजे सचिवालय बैठक बस्नेछ, जसले केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्नेछ।

सचिवालय बैठकमा प्रतिनिधिसभा सदस्यहरूको संगठनात्मक जिम्मेवारी, संसदीय दलका लागि प्राविधिक सहयोग तथा लेवीसम्बन्धी विषयमा छलफल हुने जनाइएको छ। साथै जिल्ला अधिवेशन कार्यविधि, केन्द्रीय आयोग, सल्लाहकार परिषद्, सङ्घीय नेतृत्व मञ्च तथा विभिन्न विभागका मनोनयनबारे पनि विचार–विमर्श गरिनेछ। महाधिवेशन कार्यविधि मस्यौदा समिति गठनसम्बन्धी विषय पनि बैठकको एजेन्डामा समावेश छ।

केन्द्रीय समिति बैठकका प्रस्तावित कार्यसूची:

  • पार्टी गतिविधिबारे ब्रीफिङ
  • केन्द्रीय सदस्यहरूको रिपोर्टिङ (२० जनाले २–२ मिनेट)
  • केन्द्रीय समिति पदाधिकारी मनोनयन
  • महाधिवेशन कार्यविधि मस्यौदा
  • विधान संशोधन
  • स्थानीय तह उम्मेदवार क्लब गठन र आवेदन आह्वान
  • प्रवासमा रहेका नेपालीलाई मताधिकार दिने विषय
  • सचिवालयका निर्णय अनुमोदन
  • विविध विषय
    • विभिन्न आयोग तथा निकायबाट प्राप्त पत्राचार
    • विभागीय योजना र नीति मन्थनसम्बन्धी निर्देशन
    • संसदीय दलको विधान संशोधन

सम्बन्धित खबर

गोली लागेर युवक पक्राउ, सस्तोमा अमेरिकी डलर साटिदिने भन्दै लुटपाट

लक्की खबर

वीरगन्ज भन्सारबाट छुटेका सुन्तलाको प्रज्ञापनपत्रमा केरा तस्करीको आशंका,थप दुई ट्रक पनि शंकाको घेरामा

लक्की खबर

श्रीमतीलाई छुरा प्रहार गरी फरार भएका श्रीमान् वीरगञ्जबाट पक्राउ

लक्की खबर