Lucky-Khabar_

सशस्त्र प्रहरीले३६ लाख मूल्यका सामान वीरगञ्ज भन्सार बुझायो

१६ माघ,वीरगञ्ज । सशस्त्र प्रहरी पर्साले  बरामद गरेको ३६ लाख बराबरको भन्सार छलीका सामान पर्साबाट पक्राउ  गरि भन्सार बुझाएकोभनि जानकारी गराएको छ ।

content ad p2

१० वटा साईकलमा लोड गरी ल्याउदै गरेको अवस्थामा कस्मेटिक्स सामान तथा जुत्ताहरु पक्राउ गरेको सशस्त्र प्रहरी पर्साका डी.एस.पी. प्रवक्ता संगम श्रेष्ठले बताएकाछन् । प्रहरीलाई आएको विशेष सूचनाको आधारमा जाँच गर्दा ३६ लाख ३९ हजार ९ सय मूल्यक सामानहरु पक्राउ गरेको उनले जनाए Open photo

वीरगञ्ज महानगरपालिका वडा नं. १६ भुटनदेवी मन्दिर पछाडीबाट सामान बरामद गरेको सशस्त्र प्रहरी बताँउछ ।

सशस्त्र प्रहरी वल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको सशस्त्र प्रहरीको टोलीले सामान पक्राउ गरेको डी.एस.पी.श्रेष्ठको भनाइ छ ।

पक्राउ परेका सामान आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको प्रहरीले जनायो ।

सम्बन्धित खबर

प्रेस काउन्सिललाई स्वायत्त र अधिकारसम्पन्न बनाउने विधेयक अगाडि बढ्यो

लक्की खबर

भ्रष्टाचार मुद्दामा माधव नेपाललाई वारेस राख्न विशेष अदालतको अनुमति

लक्की खबर

इनम प्रकरण : पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवमाथि अनुसन्धानको सुई

लक्की खबर