बलिउड अभिनेता अर्जुन कपूर र अभिनेत्री मलाइका अरोराको आफ्नो प्रेम सम्बन्ध टुंगिएको छ ।

उनीहरूको जोडी सधैंभरि चर्चामा रहेको छ । ५० वर्षीया मलाइका अरोरा र ३८ वर्षीय अर्जुनको उमेर अन्तरले पनि उनीहरूको सम्बन्धमा धेरैले चासो दिइरहेका हुन्छन्। भारतीय सञ्चारमाध्यम पिंकभिलाका अनुसार हालै उनीहरूले ब्रेकअप गरेका हुन्।
‘मलाइका र अर्जुनको सम्बन्ध धेरै विशेष थियो र दुवैले एकअर्काको दिलमा विशेष स्थान बनाएका थिए। उनीहरूले अलग हुने निर्णय लिएका छन्। उनीहरूले यस मामिलामा मौनता कायम राखेका छन्। उनीहरू एकअर्कालाई आफ्नो सम्बन्धको मुल्यांकन गर्ने अनुमति दिन चाहन्न,’ स्रोतलाई उद्धृत गर्दै बलिउड पोर्टल पिंकभिल्लाले लेखेको छ।
अर्जुन र मलाइकाको सम्बन्धको चर्चा सन् २०१८ एकसाथ एक फेसन शोमा देखि सुरू भएको हो।
मलाइकाको ४५ औं जन्मदिनमा उनीहरूले आफ्नो सम्बन्धलाई पुष्टि गरेका थिए। त्यसपछि उनीहरुले एकअर्काको परिवारसँग समय बिताउन थाल्यो । ‘कफि विथ करण’ मा अर्जुन कपूरले आफ्नो प्रेम जीवनलाई अलग स्तरमा लैजाने योजना भइरहेको बताएका थिए भने बाहिर आएको थिए ।


