पर्सा,बिरगंज आदर्शनगरमा आयोजित घुम्तीआखा आँखा शिविरबाट २७५ जनाले लाभ लिएका छन् । आज (मंगलबार) बिहान आयोजित घुम्ती शिविरबाट महिला, बालबालिका र जेष्ठ नागरिक गरी २७५ जना लाभवन्दित हुन् ।

घुम्ती शिविरमा आँखाको चेकजाँच गर्नुका साथै रगत, ब्लड प्रेसरसहित अन्य रोगहरुको समेत परीक्षण गरिएको ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिएका छन्। पछिल्लो समय बढ्दै गइरहेको अत्याधिक गर्मीलाई मध्यनजर गरी शिविरमा सातु समेत खुवाइएको अध्यक्ष खेतानले बताए ।
वीरगंज समुदायिक आँखा अस्पताल, रुंगटा वेलफेयर सोसाइटी तथा ग्रीन सिटी समुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर तथा ग्रीन सिटी समुदायिक सेवा केन्द्र आदर्शनगर–१० वीरगंजको संयुक्त आयोजनामा उक्त शिविरको आयोजना गरिएको थियो । ग्रीन सिटी समुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा भएको घुम्ती शिविरमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारती प्रमुख अतिथी थियो भने जिल्ला ट्राफिक प्रमुख भास्कर खातिउडा र अन्य ब्यक्तिहरुको पनि उपस्थिति थियो | ।


