Lucky-Khabar_

सुशील प्याकुरेलले राजदूत बन्न गरे अस्वीकार

९ असार, काठमाडौं । दक्षिण कोरियाका लागि नेपाली राजदूत बन्न मानव अधिकारकर्मी सुशील प्याकुरेललेअस्वीकार गरेका छन् ।

शुक्रबार मन्त्रिपरिषद्को बैठकले ८ देशका लागि राजदूत सिफारिस गरेको थियो । जसमा प्याकुरेललाई दक्षिण कोरियाका लागि प्रस्ताव गरिएको छ ।

राजदूत सिफारिस गर्नुअघि परराष्ट्र मन्त्रालय वा मन्त्रिपरिषद् सचिवालयबाट कुनै सम्पर्क वा संकेत नदिएको प्याकुरेलले  बताएका छन् । ‘राजदूत जस्तो राष्ट्रको प्रतिनिधित्व गर्ने पदको जिम्मेवारी प्रदान गर्नुृअघि सम्बन्धित व्यक्तिको पृष्ठभूमि, कार्यक्षमता, रुचि, कूटनीतिको विषय र सम्बन्धित मुलुकको राजनीतिक, आर्थिक, सामाजिक स्थितिसम्बन्धी ज्ञानका विषयमा पूर्व परामर्श नगर्ने सरकारको प्रचलनबाट म आश्चर्यचकित छु,’ उनको वक्तव्यमा भनिएको छ ।

राजदूत नियुक्तिसम्बन्धी विगतमा सरकारले तय गरेको मापदण्ड र संसदीय सुनुवाइको औचित्य र राजदूतको कार्यकालका विषयमा गम्भीर विमर्श आवश्यक रहेको उनले बताएका छन् ।

प्दयाकुरेलले क्षिण कोरियाका लागि राजदूत पदमा गरेको सिफारिस फिर्ता लिन अनुरोध गर्दै प्रधानमन्त्री कार्यालयमा पत्र नै दर्ता गराएका छन् ।

मानव अधिकारको क्षेत्रमा क्रियाशील प्याकुरेल तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको विज्ञ सल्लाहकार थिए । तर तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अग्नि सापकोटालाई सभामुख बनाउने निर्णय गरेपछि राजीनामा दिएका थिए ।

प्याकुरेलले यसअघि पनि राजदूत बन्न अस्वीकार गरेका थिए । उनलाई २०५१ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले डेनमार्कका लागि राजदूत बन्न प्रस्ताव गरेका थिए ।

तर राजदूत बन्नु आफ्नो विज्ञता क्षेत्र बाहिरको कुरा भएको भन्दै राजदूत प्रस्ताव अस्वीकार गरेका थिए ।

content ad p2

सम्बन्धित खबर

सरकारी कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋण, ब्याज शतप्रतिशत सरकारको!

लक्की खबर

सामाजिक अभियन्ता सन्तोष पौडेलद्वारा अपाङ्गता भएकी आमालाई ह्विलचेयर हस्तान्तरण

लक्की खबर

आँधी कहाँसम्म आइपुग्यो, तुफान कति टाढा छ?’ भन्दै प्रचण्डमाथि ज्ञानेन्द्र शाहीको व्यङ्ग्य

लक्की खबर