Lucky-Khabar_

शिक्षक सरुवाको विषयमा मेयर र वडाध्यक्षबीच जीतपुरसिमरा उपमहानगरपालिकामा कुटाकुट

३० साउन,बारा । शिक्षक सरुवाको विषयलाई लिएर बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा मेयर र वडाध्यक्षबीच विवाद हुँदा हात हालाहालको स्थिति सिर्जना भएको छ। घटना मंगलबार जीतपुरसिमराको सिमरा नेरा नमूना माध्यमिक विद्यालयमा भएको हो।

जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलले सिमरा नेरा नमूना माध्यमिक विद्यालयमा कार्यरत शिक्षक मेघराज गिरीलाई वडा नम्बर ७ स्थित फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विद्यालयमा सरुवा गरेका थिए। त्यस्तै, फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विद्यालयमा कार्यरत महिला शिक्षक सीता अधिकारीलाई वडा नम्बर २ स्थित सिमरा नेरा नमूना माध्यमिक विद्यालयमा सरुवा गरेका थिए भनि जानकारी प्राप्त भएको छ।
मेयर पौडेलको यस निर्णयलाई लिएर वडा नम्बर २ का वडा अध्यक्ष धनबहादुर श्रेष्ठ असन्तुष्ट भए। वडाध्यक्ष श्रेष्ठले आफ्नो वडामा सरुवा गरिएको शिक्षक मेघराज गिरीलाई पुन: वडा ७ को विद्यालयमा पठाउनु अन्यायपूर्ण भएको दाबी गर्दै विरोध जनाए।
मंगलबार, शिक्षक सीता अधिकारी सिमरा नेरा नमूना माध्यमिक विद्यालयमा हाजिर हुन पुगेपछि वडाध्यक्ष श्रेष्ठ र मेयर पौडेलबीच विवाद चर्किएको हो। वडाध्यक्ष श्रेष्ठले अधिकारीलाई हाजिर हुन रोक्न खोजेपछि, मेयर पौडेल विद्यालयमा पुगेका थिए। मेयरले जबरजस्ती हाजिर गराउन खोज्दा वडाध्यक्षसँग घम्साघम्सी भएको बताइएको छ।
विवादको स्थिति जटिल हुँदै गएपछि इलाका प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक चिरञ्जीवी पौडेलले दुवै पक्षलाई नियन्त्रणमा लिएका थिए। वडाध्यक्ष श्रेष्ठले शिक्षक सरुवा सम्बन्धी निर्णयमा आफूसँग सल्लाह नगरी निर्णय लिएको भन्दै असन्तुष्टि जनाएका छन्।

content ad p2

घटनापछि स्थानिय स्तरमा तनाव उत्पन्न भएको छ भने घटना बारे थप अनुसन्धान भइरहेको छ।

सम्बन्धित खबर

वीरगञ्जमा हैजाको संक्रमण घट्दो, बारामा नयाँ संक्रमित फेला

लक्की खबर

वीरगञ्जमा हैजा नियन्त्रण उन्मुख, काठमाडौँबाट भने त्रास र हौवा फैलाइँदै

लक्की खबर

जनकपुरको मेयर मनोज साहद्वारा पत्रकार महासंघको जग्गामा बार एसोसिएसनको दाबी अस्वीकृत, विवाद समाधानका लागि संवाद आह्वान

लक्की खबर