Lucky-Khabar_

सरकारले प्रतिबन्ध हटाउँदा टिकटकसँग के के राख्यो शर्त ?

७ भदौ, काठमाडौं । मन्त्रिपरिषदको हिजो बिहीबार बसेको बैठकले केही शर्तहरु राखेर टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको हो ।

नीतिगत निर्णय कार्यान्वयनका लागि टिकटकले सूचना प्रविधि तथा सञ्चार मन्त्रालयसँग सम्झौता गर्नुपर्नेछ । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले भने, ‘नीतिगत रुपमा खुल्यो । त्यो कार्यान्वयनमा आउन हाम्रो शर्त पूरा गर्नुपर्छ ।’

content ad p2

उनका अनुसार हरेक सामाजिक सञ्जाल अब ‘सामाजिक सञ्जाल सञ्चालन निर्देशिका २०८०’ को दफा ३ अनुसार मन्त्रालयमा सूचिकरण हुनुपर्छ । त्यसपछि दफा ६ अनुसार प्वाइन्ट अफ कन्ट्रयाक्ट तोक्नुपर्छ ।

छलफलमा टिकटकका प्रतिनिधिहरु नेपालमा सूचिकरण हुन र प्वाइन्ट अफ कन्ट्रयाक तोक्न सहमत छ ।

साथै थप ४ शर्त सरकारले राखेको छ । पर्यटन प्रवर्धनमा सहयोग गर्नुपर्ने, डिजिटल सुरक्षा र साक्षरताका लागि सघाउनुपर्ने र सार्वजनिक शिक्षालाई गुणस्तरीय तथा सूचना प्रविधिमा आधारित बनाउन सहयोग गर्नुपर्ने सरकारको शर्त छ ।

गालीगलौजका साथै सामाजिक दुर्भावना फैलाउने, सामाजिक अपराध फैलाउने भाषा प्रयोग हुन नहुने सरकारले बताएको छ । मन्त्री गुरुङले भने, ‘यो अरु सञ्जालको हकमा पनि लागू हुन्छ ।’

सम्बन्धित खबर

५ करोड डलरको हिराजडित ब्रा लगाउँदै काइली जेनरको भिक्टोरियाज सेक्रेट फेसन शोमा डेब्यु

लक्की खबर

पर्सागढी–४ मा कंस वध मेला–२०८३ सुरु:प्रमुख अथिति सांसद साहद्वारा उद्घाटन

लक्की खबर

NRN युवती दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, इतिहासमा पहिलो गैरआवासीय नेपाली विजेता

लक्की खबर