Lucky-Khabar_

आफ्नो लागि बेहुली खोज्दैछन् आमिर खान ?

११ भदौ,बलिउडका मिष्टर पर्फेक्शनिष्ट आमिर खानको दुई पटक घरबार बिग्रिसकेको छ । आमिरले पहिलो बिहे सन् १९८६ मा रीना दत्तासँग गरेका थिए । यो बिहेबाट आमिरको दुई सन्तान जुनैद खान र आयरा खान छन् । तर सन् २००२ मा आमिर र रीनाले सम्बन्ध विच्छेद गरे । यसपछि उनी किरण रावसँग प्रेममा परे । उनले किरणसँग बिहे गरे ।

दुबैको एक छोरा आजाद राव खान पनि छन् । तर सन् २०२१ मा किरण र आमिरले सम्बन्ध विच्छेद गरे । दुई पटक घरबार बिग्रिसकेका आमिरको तेस्रो बिहेबारे अनेकौं अफवाह सुन्नमा आइरहेका छन् । दंगलमा आमिरको छोरीको भूमिका निभाएकी अभिनेत्री फातिमा सना शेखसँग पनि उनको नाम जोडिएको थियो ।

हालै रिया चक्रवर्तीको पडकाष्ट च्याप्टर २ मा आमिरलाई बिहेबारे प्रश्न सोधिएको थियो । पडकाष्टमा रियाले अभिनेतालाई अर्को बिहे कहिले गर्ने भनेर सोधेकी थिइन् । यसको जवाफमा आमिरले ‘म ५९ वर्षको भइसकेको छुँ । मलाई लाग्दैन कि म फेरि बिहे गर्छु,’ भनेका थिए । यतिबेला आफ्नो जिन्दगीमा कयौं सम्बन्धहरू भएको पनि उनले बताएका थिए ।

आफू पुनः परिवारसँग जोडिएको, आफ्नो साथमा बालबच्चा, भाई र बहिनी सबै रहेको भन्दै उनले बिहे हुन मुश्किल भएको बताएका थिए ।  रियाले ‘मैले त आमिर खानलाई दुलही चाहियो’ भनेर विज्ञापन पनि दिइसके भनेकी थिइन् ।

यसको जवाफमा आमिरले यतिबेला त चाहिएको छैन भनेका थिए । ‘म आफ्ना आफन्तहरूसँग खुसी छु । रामो व्यक्ति बन्ने कोशिश गरिरहेको छुँ ।’ उनको भनाइ थियो । आमिरको हातमा यतिबेला सितारे जमीन पर फिल्म छ ।एजेन्सी

content ad p2

सम्बन्धित खबर

पर्सागढी–४ मा कंस वध मेला–२०८३ सुरु:प्रमुख अथिति सांसद साहद्वारा उद्घाटन

लक्की खबर

“सरकार हुनुको प्रत्यक्ष अनुभूति”: रसुवा बाढी विपद्‌मा बालेन सरकारको तदारुकता, नागरिकद्वारा पूर्ववर्ती सरकारहरूसँग तुलना

लक्की खबर

नदी किनारमा विदारक दृश्य: त्रिशूली र नारायणीमा बगेर आएका शव सङ्कलन र पहिचान कार्य निरन्तर

लक्की खबर