Lucky-Khabar_

सुपारि , केराउ र मरिचको औद्योगिक प्रयोजनका लागि आयात खुला

१०असोज्, वीरगञ्ज । केराउ, सुपारी र मरिचको औद्योगिक प्रयोजनका लागि आयात पुनः खुला गरिएको छ। सरकारले असोज ७ गते राजपत्रमा सूचना प्रकाशित गर्दै औद्योगिक प्रयोजनका लागि यी वस्तुको आयात गर्न अनुमति दिएको हो।

सरकारी सूचनाअनुसार औद्योगिक कच्चा पदार्थको रूपमा मात्र केराउ, सुपारी, सेतो र कालो मरिचको आयात अनुमति हुनेछ। यो निर्णयसँगै यसअघि २०७६ चैत २४ गतेको राजपत्रमार्फत लगाइएको आयात प्रतिबन्धलाई खुकुलो पारिएको छ।

content ad p2

स्मरण रहोस्, सरकारले विदेशी विनिमय सञ्चिति घटेको भन्दै केराउ, सुपारी, मरिच लगायतका वस्तुको आयातमा २०७६ सालदेखि नियन्त्रणको नीति लागू गरेको थियो। अब भने औद्योगिक प्रयोजनका लागि मात्र यी वस्तुको आयात खुला गरिएको छ, जसले औद्योगिक क्षेत्रका लागि कच्चा पदार्थको अभावलाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर

जनताको समस्या सुन्न बहुबरी पुगे रास्वपाका सांसदहरू, कृषि, सिँचाइ, शिक्षा र स्वास्थ्यका विषयमा खुला छलफल

लक्की खबर

रक्सौल नाकामा सामान किन्न जाने नेपालीहरूको ठूलो भीड, यता नेपाली व्यापारी भने व्यापार नचल्दा चिन्तित!

लक्की खबर

जीबी राईको घोषणा: ‘नेपाल फर्कन तयार छु, बचतकर्ताको रकम फिर्ता गर्न सरकारसँग सहकार्य गर्छु’

लक्की खबर