Lucky-Khabar_

बिरगंज बसपार्क,सिर्सिया नदी तथा अनेकौ ठाउ जलमगन

१२ असोज, वीरगञ्ज । निरन्तर वर्षाका कारण वीरगञ्ज पूर्कोवपट्टि न्या बसपार्क र यरिया समेत जलमगन भएको छ |त्यस्तै विरगंज बजार र बजारको पश्स्थिचिमपट्टि सिर्सिया नदीको जलसतह पार गरेको छ । नदिको सतह पार गरी त्यसको पानी नजिकको बस्तीमा पसेको छ ।

रानीघाट, आदर्शनगर क्षेत्र अहिले जलमग्न भएको छ । यस्तै वीरगञ्जको श्रीपुर, पानीट्याङ्की, जिल्ला प्रशासन कार्यालय परिसर, नगवा, रामगढवा लगायतका क्षेत्रहरु डुबानमा परेका हुन् ।

content ad p2

सिर्सिया नदीको पानी बस्तीमा पसेपछि दैनिकीमा प्रभाव परेको स्थानियवासिको भनाई छ । वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहले आज विहान आफ्नो आधिकारिक फेसबुक पेजमा एक स्टाटस पोष्ट गदै सिर्सिया नदिको पानी बजारमा समेतको पुगेको आमनागरिकलाई जानकारी गराए ।

उनले वीरगञ्ज र आसपासको नदी तटीय क्षेत्र र डुबान भईरहने होचा भुभागमा खोलाको पानीको बहाव बढीरहेकोले उच्च सतर्कता अपनाउन नगरवासीहरुलाई आग्रह गरेका छन् ।

विहीबार साँझदेखिको निरन्तर वर्षाका कारण वीरगञ्ज लगायत देशभरकै जनजीवन प्रभावित बनेको छ । खासगरी दैनिक ज्यालादारी गरी खानेहरु बढी प्रभावित भएका ह्ुन् ।

सम्बन्धित खबर

पर्सा–बाराका विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको सरुवा

लक्की खबर

नागरिकसँग मागे माफी, कमजोरी सुधार्दै जनताको हितमा समर्पित हुने प्रतिबद्धता:गाउँपालिकाका अध्यक्ष यशवन्त  यादव

लक्की खबर

रामपुर खाप छोटी भन्सार पुनः सञ्चालनको माग गर्दै आमरण अनसन सुरु, डेलिगेसन काठमाडौंमा

Akleshsaran Patel