१०मन्सिर,काठमाडौं । गायिका स्मिता दाहालले आगामी २१ गते प्रेमीसँग लगनगाँठो कस्ने भएकी छन् ।
स्मिताले बबरमहलका २७ वर्षिय सायुज्य श्रेष्ठलाई प्रेमीको रुपमा चिनाउँदै उनी आफ्नो जीवनसाथी हुन लागेको बताएकी थिइन् ।दुबैबीच इन्गेजमेन्ट भैसकेको छ ।
दुईजना विद्यालयको समयदेखि नै प्रेम सम्बन्धमा रहेको बुझ्न सकिन्छ ।


२६ वर्षिया स्मिता लेख्छिन्, ‘मेरो माया, कलेजको बेन्चहरूमा लुकेर हेराहेर गर्दादेखि सधैंको लागि योजना बनाउँदासम्म । हामीले मात्र बुझ्न सक्ने यो हाँसो, अबेर रातीसम्मको कुराकानी र शान्त क्षणको यात्रा ।

साथीदेखि मेरो माया र अहिले सँधैको लागि । तिमीले ल्याएका हरेक खुसीको लागि धन्यवाद । मेरो औंला वरिपरि बेरिएको वाचाको लागि र मलाई संसारको सबैभन्दा भाग्यशाली हृदय बनाएकोमा धन्यवाद । यहाँ हाम्रो सुरुवातको लागि, यी हातले बनाएका सपना, माया, हाँसो र अनन्त सुन्दर सम्झनाको जीवनको लागि । म तिम्रो हुनको लागि पर्खन सक्दिन, सधैं र सधैं । मेरो सारा हृदयले, तिम्रो ।’
imxs/” rel=”attachment wp-att-15296″>
सायुज्यले एमबीए अध्ययन गरेका छन् । उनी व्यवसायी रहेको बताइएको छ । स्मिताले भने अन्तर्राष्ट्रिय बजार व्यवस्थापन विषयमा स्नातकोत्तर गरेकी छन् । ‘मायालु तिमी कता छौ’ उनको हिट गीत हो ।

उनी पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी हुन् भनी जानकारी प्रप्त भएको छ।


