Lucky-Khabar_

फोटो पंकज श्रेष्ठलाई स्व.गोपाल गिरी क्रियाशिल पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय

२८पुष,बिरगंज | फोटो पत्रकार पंकज श्रेष्ठलाई यस वर्षको स्व.गोपाल गिरी क्रियाशिल पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय भएको छ । आइतवार बसेको नेपाल पत्रकार महासंघ पर्साको बैठकले कान्तिपुर टेलिभिजनमा आवद्ध पत्रकार श्रेष्ठलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

महासंघका अध्यक्ष ओमप्रकाश खनालको अध्यक्षतामा बसेको बैठकले आउने माघ १ गते उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको महासंघका सचिव बिजय महतोले जानकारी दिए ।

नेपाल पत्रकार महासंघ पर्साले हरेक वर्ष माघ १ गते स्व.गोपाल गिरी क्रियाशिल पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ ।

महासंघका पूर्व अध्यक्ष एवम् वीरगञ्जका पुर्व मेयर समेत रहेका गोपाल गिरीको स्मृतिका अवसरमा हरेक वर्ष यो पुरस्कार प्रदान गरिदै आएको छ । यस वर्ष यो पुरस्कारको राशी ५१ हजार रुपैयाँ रहेको छ ।

श्रेष्ठ फोटो पत्रकार संघ मधेश प्रदेशका अध्यक्ष पनि हुन् । उनी २ दशक भन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

आजको बैठकले नेपाल बार एशोसिएशनसँग सम्झौता गर्ने पनि निर्णय गरेको सचिव महतोले जानकारी दिए । उनकाअनुसार पत्रकारहरुलाई समाचार लेखेकै कारण आउने समस्याहरुका बारेमा कानुनी सहायता र परामर्शका लागि बारसँग सम्झौता गर्ने निर्णय भएको हो ।

content ad p2

सम्बन्धित खबर

तीनकुनेबाट ७०५ थान ग्यास सिलिन्डर बरामद, कालोबजारीको आरोपमा एक पक्राउ

लक्की खबर

क्यासिनो छापा प्रकरणमा नयाँ मोड, दुई गाउँपालिका अध्यक्षको नाम जोडियो

लक्की खबर

बाढीमा बेपत्ता विकास बर्नवालको परिवारलाई सांसद चौरसियाद्वारा समवेदना

लक्की खबर