Lucky-Khabar_

फोटो पंकज श्रेष्ठलाई स्व.गोपाल गिरी क्रियाशिल पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय

२८पुष,बिरगंज | फोटो पत्रकार पंकज श्रेष्ठलाई यस वर्षको स्व.गोपाल गिरी क्रियाशिल पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय भएको छ । आइतवार बसेको नेपाल पत्रकार महासंघ पर्साको बैठकले कान्तिपुर टेलिभिजनमा आवद्ध पत्रकार श्रेष्ठलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

महासंघका अध्यक्ष ओमप्रकाश खनालको अध्यक्षतामा बसेको बैठकले आउने माघ १ गते उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको महासंघका सचिव बिजय महतोले जानकारी दिए ।

नेपाल पत्रकार महासंघ पर्साले हरेक वर्ष माघ १ गते स्व.गोपाल गिरी क्रियाशिल पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ ।

महासंघका पूर्व अध्यक्ष एवम् वीरगञ्जका पुर्व मेयर समेत रहेका गोपाल गिरीको स्मृतिका अवसरमा हरेक वर्ष यो पुरस्कार प्रदान गरिदै आएको छ । यस वर्ष यो पुरस्कारको राशी ५१ हजार रुपैयाँ रहेको छ ।

श्रेष्ठ फोटो पत्रकार संघ मधेश प्रदेशका अध्यक्ष पनि हुन् । उनी २ दशक भन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

आजको बैठकले नेपाल बार एशोसिएशनसँग सम्झौता गर्ने पनि निर्णय गरेको सचिव महतोले जानकारी दिए । उनकाअनुसार पत्रकारहरुलाई समाचार लेखेकै कारण आउने समस्याहरुका बारेमा कानुनी सहायता र परामर्शका लागि बारसँग सम्झौता गर्ने निर्णय भएको हो ।

content ad p2

सम्बन्धित खबर

प्रेस काउन्सिललाई स्वायत्त र अधिकारसम्पन्न बनाउने विधेयक अगाडि बढ्यो

लक्की खबर

भ्रष्टाचार मुद्दामा माधव नेपाललाई वारेस राख्न विशेष अदालतको अनुमति

लक्की खबर

इनम प्रकरण : पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवमाथि अनुसन्धानको सुई

लक्की खबर