Lucky-Khabar_

श्री श्री १००८ श्री महाशिवरात्रि महामहोत्सव पूर्व विश्रामपुर(ईटियाही)मा बृहत् शोभा यात्रा निकालियो

१९माघ,बिरगंज ।  जिल्लाको विश्रामपुर गाउँपालिका – ५ बारा,ईटियाहीमा श्री श्री १००८ श्री महाशिवरात्रि महामहोत्सव महायज्ञ २०८१ तथा श्री शिव शक्ति कोटी होम महायज्ञ आयोजना हुदैछ ।

content ad p2

सनातन हिन्दु धर्मको महत्त्व, विशेषता, र महानताको नेपालसहित विश्वभरि शान्ति र समृद्धि स्थापनाका लागि समर्पितआयोजना गर्न  महायज्ञ   गरिदैछ ।

वीरगञ्जस्थित नेशनल मेडिकल कलेजसँग जोडिएको ईटियाही क्षेत्र यस धार्मिक अनुष्ठानको केन्द्र झन्डै १५ वर्षपछि पुन हुन लागेको महायज्ञ माघ २३ गतेदेखि फागुन १८ गतेसम्म सञ्चालन हुने  भएको छ ।

आज  शोभा यात्रामा हजारौँको सङ्ख्यामा श्रद्धालु तथा भक्तजनहरूले सहभागिता जनाएका छन् । महायज्ञ स्थलबाट सुरु भएको शोभा यात्रा वीरगञ्ज मुख्य बजार पुगेर पुनः महायज्ञ स्थलमा पुगेको हो ।

महायज्ञको विषयमा स्थानीयहरूलाई जानकारी गराउने उद्देश्यले शोभा यात्राको आयोजना गरिएको आयोजकहरूले जनाएका छन् ।

यज्ञमा धार्मिक आस्थाको प्रतीक स्वरूप सांस्कृतिक झाँकी, भजन-कीर्तन, प्रवचन तथा विशेष पूजाको समेत व्यवस्था गरिएको आयोजकले जनाएका छन् ।

 

सम्बन्धित खबर

रामपुर खाप छोटी भन्सार पुनः सञ्चालनको माग गर्दै आमरण अनसन सुरु, डेलिगेसन काठमाडौंमा

Akleshsaran Patel

विश्व तेली दिवसमा रसुवा बाढीपीडितका लागि १ लाख ५१ हजार सहयोग

लक्की खबर

माईस्थान युवा क्लबको आठौँ गणेश पूजा महोत्सव सांसद कानुद्वारा समुद्घघाटन ,पुजा भव्य रूपमा सुरु

लक्की खबर