Lucky-Khabar_

बीरगंजको ट्राफिक व्यवस्थापनमा जभाभावी ढङ्गले टाँगा चलाउँदा चुनौती

१ फागुन,वीरगञ्ज । पर्साको वीरगञ्जमा मुख्य बजार क्षेत्रमा जभाभावी ढङ्गले टाँगा चलाउँदा ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको छ ।

content ad p2

वीरगञ्जका मुख्य सडकमा टाँगा चलाउँदा एकातर्फ सवारी दुर्घटना बढेको छ भने अर्कोतर्फ टाँगाका लागि प्रयोग गरिने घोडाको मलमूत्रको कारणले सडकमा दुर्गन्धसमेत फैलिने गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक लोकराज भट्टले बताए अनुसार जभाभावी ढङ्गले सडकमा टाँगा चलाउँदा ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको तथा अत्यधिक सवारी चाप हुने घण्टाघरलगायतका स्थानमा टाँगा चलाउँदा ट्राफिक व्यवस्थापनमा समस्या भइरहेको छ । टाँगा चालकलाई बसपार्क देखि रजत जयन्ती चोक हुँदै मितेरी पुलसम्म चलाउन मात्र अनुमति दिइएको भएपनि मुख्य सडकमा नै टाँगा चलाउँदा सवारी व्यवस्थापनमा विभिन्न खालको अप्ठेरा भएको ट्राफिक प्रमुख भट्टले बताए ।

टाँगालाई सीमावर्ती सहर रक्सौलको रेल्वे ढालाचोकसम्म प्रवेश दिइएको कारण पनि सामानसहितका यात्रुहरूको मुख्य रोजाइमा टाँगा पर्ने गर्दछ । अन्य अटोरिक्सालाई शङ्कराचार्य गेट नजिकै रोकिने भए पनि टाँगाहरू भने भारतीय भूमिसम्मै पुग्ने भएकाले पनि सर्वसाधारणको रोजाइमा टाँगा पर्ने गरेको हो ।

सम्बन्धित खबर

सभापति अजय सर्राफको पहलमा वीरगञ्जको जग्गा वर्गीकरण फाइल भूमि प्रशासन कार्यालय, पर्सामा दर्ता

लक्की खबर

पर्सामा वडाध्यक्ष चतुर्वेदी पक्राउपछि वीरगञ्जमा आन्दोलन चर्कियो, वडा कार्यालयको सेवा बन्द र सडक अवरुद्ध

लक्की खबर

सरकारलाई २४ घण्टे अल्टिमेटम, माग पूरा नभए विनय यादव आमरण अनशनमा बस्ने

लक्की खबर