Lucky-Khabar_

नेपाल प्रहरीका सइ कार्यालयभित्रै मृत भेटिए

५ फागुन,काठमाडौं|झापाको भद्रपुरस्थित जिल्ला प्रहरी कार्यालय झापाभित्रै प्रहरी नायव निरीक्षक (सइ)धनराज खतिवडा मृत अवस्थामा भेटिएका थिए । जिल्ला भोजपुर टेम्केमैयुङ गाउँपालिका ४ घर भई हाल मोरङ कानेपोखरी गाउँपालिका ७ बस्ने ४९ वर्षीय खतिवडाले प्रहरी कार्यालयको ३ तल्ले प्रहरी ब्यारेकको माथिल्लो तल्लामा रहेको पानीटंकीमा जाने फलामको भर्‍याङमा झुन्डिएको अवस्थामा फेला परेका हुन्।

content ad p2


खतिवडा आज बिहान झुन्डिएको अवस्थामा मृत भेटिएको प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक विजय चौहानले जानकारी दिए ।

उनको मृत्युको कारण भने खुलेको छैन। शवको कानुनी प्रक्रिया पूरा गरि पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ।

सम्बन्धित खबर

देवानगञ्ज घटनापछि लहानमा तनाव, स्थिति नियन्त्रण गर्न प्रहरीले गर्‍यो हवाई फायर

लक्की खबर

देवानगञ्ज गोलीकाण्डको घटनामा परि उपचाररत अर्का युवकको पनि मृत्यु, मृतक संख्या दुई पुग्यो

लक्की खबर

उपचारमा लापरबाहीको आरोपपछि न्यायको माग गर्दै बहुअरी चोकमा धर्ना:नारायणी अस्पताल प्रकरण

लक्की खबर