३ जेठ,काठमाडौं । भारतीय बलिउड अभिनेत्री तथा डान्सर नोरा फतेही नेपाल आइपुगेकी छिन्। आज साँझ उनी बौद्ध टुसालस्थित हायात ग्राउन्डमा हुने ‘नोरा फतेही लाइभ इन नेपाल’ नामक विशेष कार्यक्रममा आफ्नो प्रस्तुति दिन भएकोले उनि नेपाल आएकी हुन्।


वल्र्डवाइड फिल्मस् नेटवर्क प्रालिको आयोजनामा हुन लागेको यस कार्यक्रमका लागि नोरा फतेहीलाई नेपाल ल्याउन आयोजकले करिब ३ करोड रुपैयाँ खर्च गरेको जनाएको छ।
सो हुने कार्यक्रममा आज नोरा फतेहीसँगै नेपालका चर्चित कलाकार र गायक–गायिकाहरूले पनि आफ्नो प्रस्तुति दिनेछन्। आयोजकका अनुसार दुर्गेश थापा, तेरिया मगर, द भ्वाइस अफ नेपालकी चन्द्रकला राई लगायत ५ जना कलाकारले पनि दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्नेछन्।
नोरा फतेहीको लाइभ प्रस्तुति हेर्न दर्शकहरू उत्साहित तथा खुशीदेखिएका छन्।



