४ असार ,काठमाडौँ ।प्रमुख तीन दलको बैठक बसेकोमा ओली र देउवा छलफलमा,प्रचण्ड अनुपस्थित भएका छन् | समसामयिक राजनीतिक विषयमा छलफल गर्नका लागि बोलाइएको प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अनुपस्थित भएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बीच प्रचण्डको अनुपस्थितिमा मात्रै छलफल सुरु भएको छ। स्रोतका अनुसार, प्रचण्ड उपत्यका बाहिर रहेकाले बैठकमा उपस्थित हुन नसकेका हुन्। बालुवाटारमा जारी यो छलफलमा मुख्यगरी प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जारी राखेको अवरोध र अन्य समसामयिक राजनीतिक गतिविधिहरूबारे कुराकानी भइरहेको बताइएको छ।
संसदको गतिरोध अन्त्य गर्ने र वर्तमान राजनीतिक अवस्थामा सहमति खोज्ने प्रयासस्वरूप यो बैठक आयोजना गरिएको थियो। प्रचण्डको अनुपस्थितिले बैठकको पूर्ण प्रभावकारितामा केही कमी आए पनि ओली र देउवाबीचको संवादले महत्त्वपूर्ण अर्थ राख्नेछ।



