Lucky-Khabar_

नेपालको नाबालिकालाई भारत दिल्ली लैजाँदै गरेका युवक रक्सौलबाट पक्राउ

६ असार, बिरगंज। नेपालको नाबालिकालाई भारत दिल्ली लैजाँदै गरेका युवक रक्सौलबाट पक्राउ परेको छ | काठमाडौंकी १३ वर्षीय एक नेपाली नाबालिकालाई ललाई–फकाई भारतको राजधानी दिल्ली लैजाँदै गरेका शेख रिजवान आलम नामक युवकलाई भारतीय सुरक्षाकर्मीहरूले रक्सौल सीमा क्षेत्रबाट पक्राउ गरेका छन् ।

भारत बिहार राज्यको पूर्वी चम्पारण निवासी शेख रिजवान आलमले ‘स्टार मेकर’ एपमार्फत नाबालिकासँग मित्रता गरी विवाह गर्ने र राम्रो जागिर लगाइदिने प्रलोभन देखाई दिल्ली लैजाँदै गरेको अवस्थामा भारतीय सीमा सुरक्षा बल (एसएसबी), जुभेनाइल एड सेन्टर र डंकन अस्पतालको न्याय नेटवर्क परियोजनाको संयुक्त टोलीले रक्सौल कस्टम नजिकबाट नियन्त्रणमा लिएको हो ।

नेपाली पहाडी मूलकी किशोरी र मधेशी मूलका युवक सँगै रहेको देखेपछि शंका लागेर जाँच गर्दा मानव तस्करीको घटना सार्वजनिक भएको बताइएको छ । किशोरीका अनुसार, स्टार मेकर एपमार्फत आलमसँग भएको मित्रता पछि प्रेम सम्बन्धमा परिणत भएको थियो र उनीहरू काठमाडौँमा दुई पटक भेटसमेत भएका थिए ।

content ad p2

भारतीय मानव तस्करी नियन्त्रण इकाईले किशोरीलाई सुरक्षित स्थानमा राखेको र शेख रिजवान आलमलाई आवश्यक कारबाहीका लागि रक्सौलस्थित हरैया थानामा बुझाएको जनाएको छ । मोतीहारी जिल्ला प्रहरी प्रमुख एसपी सुवर्ण प्रभातका अनुसार आलममाथि एफआईआर दर्ता गरी अनुसन्धान अगाडि बढाइएको छ ।

उनले सीमानाकामा खटिएका नेपाली सुरक्षाकर्मी र विभिन्न गैरसरकारी संघसंस्थाहरूलाई विशेष चनाखो हुन आग्रह गरेका छन् । पछिल्लो समय नेपाली बालिका र किशोरीहरूलाई विभिन्न प्रलोभन देखाई भारतका विभिन्न राज्यहरूमा लैजाने घटना बढिरहेकाले सीमा क्षेत्रमा अझ कडाइ र सतर्कताको आवश्यकता रहेको प्रहरी प्रमुख प्रभातले बताए ।

सम्बन्धित खबर

विश्व तेली दिवसमा रसुवा बाढीपीडितका लागि १ लाख ५१ हजार सहयोग

लक्की खबर

माईस्थान युवा क्लबको आठौँ गणेश पूजा महोत्सव सांसद कानुद्वारा समुद्घघाटन ,पुजा भव्य रूपमा सुरु

लक्की खबर

रसुवा बाढीपीडितका लागि सांसद कानु मार्फत गहवामाई तीर्थ विकास क्षेत्र समितिद्वारा रु. २ लाख ११ हजार सहयोग

लक्की खबर