Lucky-Khabar_

बैंकिङ कसुरको मुद्दामा लुम्बिनी प्रदेश सांसद सुमन शर्मा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी

८ असार, काठमाडौं । बैंकिङ कसुरको मुद्दामा जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद सुमन शर्मा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।पर्सा जिल्ला अदालतले बर्दियाको गुलेरिया नगरपालिका–५ घर भएकी रायमाझीविरुद्ध जेठ १६ गते पक्राउ पुर्जी जारी गरेको हो।

content ad p2


रायमाझीविरुद्ध आशा कुमारी चौहानले बैंकिङ कसुरमा जाहेरी दिएकी थिइन्। चौहानले रायमाझीलाई २ लाख ७५ हजार रुपैयाँ सापटी दिएको र लामो समयसम्म तिर्न आनाकानी गरेपछि चेक दिएको तर उक्त चेक बाउन्स भएको उजुरीमा उल्लेख छ पर्सा प्रहरीका एक अधिकृतका जनाएको छ ।


रायमाझीले एभरेष्ट बैंकको चेकमा २ लाख ७५ हजार रुपैयाँ उल्लेख गरेर दिए पनि खातामा पर्याप्त रकम नभएका कारण चेक बाउन्स भएको थियो।

त्यस्तै जनमत पार्टीका प्रवक्ता डा. शरद सिंह यादवले यो रायमाझीको व्यक्तिगत लेनदेनको विषय भएको र पार्टीमा यसबारे कुनै औपचारिक छलफल नभएको बताएका छन्। उनले, “पक्राउ पुर्जी जारी भएको भन्ने सुनेका हौं। यो उहाँको व्यक्तिगत हरहिसाबको कुरा भयो। यसमा पार्टीको कुनै विषय जोडिएको छैन।”

समानुपातिकतर्फबाट सांसद बनेकी रायमाझीलाई सम्पर्क गर्ने प्रयास गर्दा उनको मोबाइल नम्बरमा सम्पर्क हुन सकेन।

रायमाझी यसअघि जसपाबाट सांसद बनेकी थिइन्। उनी एमालेका तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलको कार्यकालमा भौतिक पूर्वाधार विकास राज्यमन्त्री र माओवादी केन्द्रका मुख्यमन्त्री कुलप्रसाद केसीको मन्त्रिपरिषद्मा कृषिमन्त्री समेत भइसकेकी छिन्।

सम्बन्धित खबर

विशेष अदालतको फैसला : वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनाले पाए सफाइ

लक्की खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर