७असार, वीरगञ्ज ।धनगढीबाट काँकडभिट्टातर्फ गइरहेको चितवनमा बस र इभी गाडी ठोक्किँदा ७ जनाको मृत्यु, १८ घाइते भएका छन्,| पूर्वपश्चिम राजमार्ग अन्तर्गत राप्ती नगरपालिकाको खहरे पुलमा सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । १८ जना घाइते भएका छन् ।

धनगढीबाट काँकडभिट्टातर्फ गइरहेको यात्रुवाहक बस र मकवानपुरबाट नारायणगढ आइरहेको विद्युतीय सवारी साधन ठोक्किँदा उनीहरूको मृत्यु भएका चितवनका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरीले बताएको हो ।

दुर्घटनामा घाइते भएकाहरुको चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।



