Lucky-Khabar_

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तेस्रो स्थापना दिवश संगै पर्साको बहुदरमाई नगरपालिका–५ , पटनिमा प्रथम वडा भेला समपन्न

राम आर्य
७असार,वीरगञ्ज ।आज शनिवार राष्ट्रिय स्वतन्त्र(रास्वपा) पार्टीतेस्रो स्थापना दिवश संगै पर्साको बहुदरमाई नगरपालिका –५ पटनिमा प्रथम वडा भेला समपन्न भएको छ | वडा भेलाकार्यक्रममा पार्टीका बिभिन्न वक्ताहरुले रास्वपा सम्बन्धि आआफ्नो मन्तब्य राखेका थिए |

कार्यक्रममा मन्तब्यको क्रममा प्रमुख अथिति राष्ट्रिय स्वतन्त्र(रास्वपा) पार्टीका केन्द्रिय सदश्य डा.नन्दन यादवाले अब आउने ८४ मा नेपाली जनताले घन्टी बाहेक अरु कुनै रोज्दैन |किनभने नेपालि जनता अब कांग्रेस,आमाले र माओवादी यी सबै पार्टीदेखि अजित भईसकेको छ | त्यसैले देश रा जनताको हितको लागि रास्व्पा मात्र काम गर्छ भनि सबै नेपालीको मनमनमा बसिसकेको छ उनले बताए |

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति हरि पन्तले देशको समृद्धिका लागि अब रास्वपा मात्र हो भनि आफ्नो मन्तब्य राखे |नेपालि जनताले अब देशबाट ८४को चुनावमा यी भ्रस्टचारी पार्टीलाई लखेट्छ |यी लुटेरा र भ्रस्टचारीहरु ८४ पछी लुकिछिपी भाग्ने छन् भनि बताए |

content ad p2


साथै रास्वपाको मदेश प्रदेश पर्यटक तथा संस्कृति बिभाग प्रमुख प्रुसोत्म उपाध्यायले पनि आफ्नो मन्तव्यमा मा एउटा धार्मिक ब्यक्ति भएर पनि यो रास्वपा पार्टी देशको लागि अपरिहार्य रहेको ले यो रास्वपा पार्टीमा लागेको छु भनि जानकारी गराए ।

उक्त भेला जितेन्कोद्र यादवको सभापतित्वमा ११ सदस्यीय वडा कमिटी गठन गरेको छ। कमिटीको उपाध्यक्षमा दिपेस यादव, सचिवमा अवधेश कुशवाहा र सदस्यहरूमा साबिर हवारी,रबिता कुशवाहा,जोखनी देबी,अवधेश यादव,निरञ्जन यादव,महेश यादव,हृदय वर्णवाल र अफारोज अनसारी रहेका छन्।

सल्लाहाकारमा मोहन साह,लालन सहनी,कृष्ण वर्णवाल,भवर यादव र सुरेश साह रहेका छन्,

यस्तै सो भेला कार्यक्रममा पार्टीका बिभिन्न तहका नेताहरु प्रदेश स्तरीय संगठन उप प्रमुख प्रमोद रायमाझी,म.प्र.य्यातायात बिभाग प्रमुख राम आर्य, दुई न.क्षेत्रीय सभापति फैयाज अन्सारी,ठोरी नगर पालिकाका पार्टी सभापति महादेव,वडाका जनसमुदाय तथा बिभिन्न पत्रकारहरुको विषेस उपस्थिति रहेका थिए |

रास्वपा बहुदरमाईका नगर सभापति चन्दन यादवको सभापतित्वमा सम्पन्न उक्त भेलालाई केन्द्रीय सदस्य डा। नन्दन यादव, दिलीप कुर्मी, सुदीस प्रजापति लगायतका नेताहरूको पनि उपस्थिति रहेका थिए भने कार्यक्रमको सहजीकरण म.प्र.पार्टी संगठन उप प्रमुख प्रमोद रायमाझीले गरेका थिए।

सम्बन्धित खबर

हरिखेतान क्याम्पसको विवाद हिंसात्मक : दुई पक्राउ, पठनपाठन प्रभावित

लक्की खबर

पुरानो रिसइबीमा दाजुभाइको हत्या, मुख्य आरोपीसहित ६ जना पक्राउ

लक्की खबर

व्यापारिक घरानाबाट ‘भू–माफिया’ छवितर्फ केडिया ? अर्बौंको सरकारी तथा निजी सम्पत्तिमाथि दाबी, प्रतिष्ठा जोगाउने कि विवादमा डुब्ने ?

लक्की खबर