Lucky-Khabar_

बाटो छोड्दिनुस्, देशको नेतृत्व अब रास्वपाले गर्छ:प्रमुख सचेतक सन्तोष परियार

७असार,काठमाडौं| बाटो छोड्दिनुस्, देशको नेतृत्व अब रास्वपाले गर्छ भनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियार को भनाई रहेको छ |

content ad p2

शनिबार पार्टी स्थापना दिवसका अवसरमा काठमाडौंको माइतीघरमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख सचेतक परियारले प्रमुख ठूला दलका शीर्ष नेताहरूलाई बाटो छाड्न चुनौतीसमेत दिए।

‘प्रत्येक युगका युवाहरूले आफ्नो युगको  नेतृत्व गर्छन्। तपाईंहरू बाटो छाड्दिनुस् हामी नेतृत्व गर्न तयार छ। र यो नेतृत्व विचारको हुन्छ,’ उनले भने। देशको नेतृत्व गर्नु सजिलो काम नभएको तर रास्वपा सजिलो काम गर्न नआएको पनि बताए।

‘हामी सुविधाजनक जीवन भोग्न राजनीतिमा आएका होइनौं। यो देश आज जस्तो छ त्योभन्दा सैयौं गुणा राम्रो बनाउन सक्छौं। त्यसकारण हामी राष्ट्रिय स्वतन्त्र पार्टीमा आएका हौं,’ उनले भने।

स्रोतसाधनले भरिपूर्ण भए पनि नेपाल सधैँ गरिब हुनुको कारण पनि कांग्रेस, एमाले र माओवादीलाई सोध्नुपर्ने उनले बताए |भिजिट भिसा प्रकरणमा सँगै रहेको माओवादीले साथ छाडे पनि रास्वपा नझुक्ने परियारले बताए।

‘एउटै मुद्दामा एउटा राजनीति दल पनि हामी सँगैं थियो त्यसले पनि जनताको पक्षमा यो मुद्दालाई समात्छ होला। इतिहासमा बारबार चुके पनि नेपाली जनताको पक्षमा उभिन्छ भन्ने थियो। त्यसले हाम्रो साथ छोड्यो। हामी संख्यामा सानो होला तर रास्वपाको मात्रै मुद्दा होइन हरेक नेपालीको घरघरको मुद्दा हो। त्यसैले रास्वपाले छोड्दैन,’ उनले भने।

 

सम्बन्धित खबर

विशेष अदालतको फैसला : वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनाले पाए सफाइ

लक्की खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर