Lucky-Khabar_

जनमत पार्टी, पर्सा जिल्ला समन्वय समितिले नेपाल विद्युत प्राधिकरण, वीरगन्ज वितरण केन्द्रलाई ध्यानाकर्षण पत्र बुझाए


६असार,वीरगन्ज । पर्सा जिल्लामा बढ्दो गर्मी र चर्को तापक्रमसँगै भइरहेको अनियमित विद्युत कटौती, भोल्टेजको समस्या तथा अत्यधिक पावर कटले जनजीवन थप कष्टकर बनेको छ।

content ad p2

यसै विषयमा जनमत पार्टी, पर्सा जिल्ला समन्वय समितिले नेपाल विद्युत प्राधिकरण, वीरगन्ज वितरण केन्द्रलाई ध्यानाकर्षण पत्र बुझाएको छ।

जनमत पार्टी पर्साका जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फले हस्ताक्षर गरेको पत्रमा विद्युत आपूर्तिको वर्तमान अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ। पत्रमा भनिएको छ, ‘पर्सा जिल्लामा गर्मीको तापक्रम बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ। यसैबीच पर्सा जिल्लामा विद्युतको लाइन अत्यधिक पावर कट हुने, भोल्टेज समस्या हुने एवं अनियमित विद्युत कटौती हुने समस्याले जनजीवन थप कष्टकर बनेको छ।’

जनमत पार्टीले ध्यानाकर्षण पत्रमा विद्युत समस्याले घरायसी जीवनमा मात्र नभई खेतीपाती र औद्योगिक क्षेत्रमा समेत गम्भीर असर पारेको औंल्याएको छ। ‘खेतीको समयमा विद्युत आपूर्ति सहज नभएपछि खेतीपातीमा समेत समस्या भएको छ। घरायसीदेखि खेती सिँचाइ एवं औद्योगिक क्षेत्र पनि विद्युतको समस्याले प्रभावित भएको हुँदा यसको यथाशीघ्र सुधार गर्न एवं जिम्मेवार बन्न ध्यानाकर्षण गराउँदछौं,’ पत्रमा उल्लेख छ।


जनमत पार्टीले विद्युत आपूर्तिमा तत्काल सुधार नआए चरणबद्ध आन्दोलनमा उत्रने चेतावनी पनि दिएको छ। पत्रको अन्त्यमा भनिएको छ, ‘सुधारको अनुभूति नभए हाम्रो पार्टी चरणबद्ध आन्दोलन गर्न बाध्य हुनेछ।’ यस पत्रको बोधार्थ नेपाल विद्युत प्राधिकरण केन्द्रीय कार्यालय, काठमाडौँलाई पनि पठाइएको छ।


जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फको नेतृत्वको टोलीमा केन्द्रिय रम्भा मिस्रा, नजमा खातुन, महानगर अध्यक्ष महादेव शर्मा,उपाध्यक्ष केदार पटेल,नगर सचिव लोकेश कर्ण,जिल्ला सदस्य नागेन्द्र यादव ,ध्रुप महतो, महानगर युवा संयोजक संजय सिह, युवा नेताहरू धिरेन्द्र पन्जियार, सिकेन्द्र राम,मुना चौधरी , नितिम गिरि लगायतको सहभागीता रहेको थियो।

सम्बन्धित खबर

विशेष अदालतको फैसला : वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनाले पाए सफाइ

लक्की खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर