Lucky-Khabar_

पेस्तोल र हतियारसहित मोरङमा दुई जना पक्राउ

३२असार,काठमाडौ । पेस्तोल र घरेलु हतियारसहित मोरङबाट दुई जना पक्राउ परेका छन् ।

जहदा गाउँपालिका–४ हटिया टोलबाट बुधबार बिहान करिब ६ बजेतिर दिनेश मण्डलको घरबाट प्रहरीले पेस्तोल बरामद गरेको हो ।

हतियार लुकाएको आरोपमा जहदा–४ का अन्दाजी १९ वर्षीय हरिकुमार महतो र आशिष मण्डललाई प्रहरीले पक्राउ गरेको छ । अर्का आरोपी जहदा–४ का अन्दाजी २० वर्षीय मुकेशकुमार महतो फरार छन् ।

content ad p2

पेस्तोल भुस राख्ने घरभित्र लुकाइछिपाइ राखिएको अवस्थामा फेला परेको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बताइन् ।
?
‘मेड इन जापान’ लेखिएको १ थान उक्त पेस्तोलसँगै एउटा खुकुरी र मोबाइल पनि बरामद भएको उनले बताइन् । पक्राउ परेका हरिकुमारको साथबाट प्रहरीले नम्बर केरमेट गरिएको एउटा होन्डा मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ ।

त्यस्तै यसअघि हरिकुमार र आशिष यसअघि पनि मोटरसाइकल चोरीमा पक्राउ परेका थिए । अदालतले तोकेको सजाय भुक्तान गरेर १ महिनाअघि मात्रै छुटेको देखिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

विशेष अदालतको फैसला : वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनाले पाए सफाइ

लक्की खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर