Lucky-Khabar_

दाइजोबापत ६० लाख नगद, कार र घर समेत मागे प्रेम विवाहपछि युवकले

३२असार,सिरहा । सिरहामा दाइजोबापत ६० लाख नगद, कार र घर समेत मागे प्रेम विवाहपछि एक जना युवकले |प्रेम विवाहपछि ठुलो परिमाणमा दाइजो मागेर पत्नीलाई यातना दिएको घटना सार्वजनिक भएको छ । अर्नमा गाउँपालिका–२ ब्रम्हपुरी घर भएका २४ वर्षीय मुकेश प्रधान सुडी र उनको परिवार मिलेर २३ वर्षीया मनीषा कुमारी गामीलाई यातना दिएका हुन् ।मनीषाको माइतीघर कर्जन्हा नगरपालिका–२ बन्दिपुर हो ।

मुकेशले प्रेम विवाह गर्दा ‘दाइजो लिन्न’ भनेको पीडित मनीषाको भनाई छ । तर, विवाह गरेसँगै ६० लाख नगद, २० तोला सुन, कार र राजमार्गमा पर्ने बन्दिपुर भन्ने ठाउँमा जग्गा खरिद गरिदिन दबाब दिएपछि उनले प्रहरीकहाँ जाहेरी दिइन् ।

content ad p2

प्रहरीले सो मुद्दा अदालतमा अनुसन्धान सकेर दर्ता गरेको छ । २०८२ जेठ ७ मा मनीषाले दाइजो विरुद्धको कसुरमा श्रीमान्, सासू र ससुरालाई विपक्षी बनाएर जाहेरी दिइन् । मुलुकी अपराध संहिता २०७४ को दफा– १७४ अनुसार दाइजो लिन पाइँदैन । तर, आफूलाई दाइजो मागेर यातना दिएको मनीषाले रातोपाटीलाई बताइन्, उनले भनिन्, ‘विवाहको बेला मेरो बुवाले १० लाख नगद र ७ लाखको सामान दिनुभएको थियो, त्यतिले पुग्दैन भनेर मलाई यातना दिइरहनुहुन्छ ।’

मनीषाको जाहेरी दर्ता गरेर प्रहरीले ४८ वर्षीया ललिता कुमारी प्रधान सुडीलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । अदालतको आदेशले उनी १ लाख धरौटीमा रिहा भएकी छन् । प्रहरीले ५० वर्षीय गौरी शङ्कर प्रधान सुडी, ४८ वर्षीया ललिता कुमारी प्रधान सुडी, २४ वर्षीय मुकेश प्रधान सुडीलाई प्रतिवादी कायम गरेको छ ।

ललितपुरमा ब्याचलर अफ सिभिल इन्जिनियरिङको सातौँ सेमेस्टरमा अध्ययनरत मुकेश प्रधान सुडी र उनका बुवा गौरीशंकर प्रधान सुडी विरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ । तर, उनीहरू पक्राउ परेका छैनन् ।

सम्बन्धित खबर

भारतीय एसएसबीले भत्कायो नेपाली भूमि सुस्तामा छिरेर निर्माणाधीन बाँध

लक्की खबर

रक्सौल आइपुग्यो युरिया मलको पहिलो खेप, आजै वीरगञ्ज भित्र्याइने तयारी

लक्की खबर

NRN युवती दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, इतिहासमा पहिलो गैरआवासीय नेपाली विजेता

लक्की खबर