Lucky-Khabar_

एक महिला जनकपुरमा मृत फेला, माइती पक्षद्वारा हत्या भएको आशंका

१२ साउन,जनकपुर ।एक महिला जनकपुरधाम उपमहानगरपालिका–४ मा आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छिन्। मृतक २३ वर्षीया शोभा मण्डल हुन्, जो चन्दन मण्डलकी पत्नी हुन्।

content ad p2

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक अनिल बैथाका अनुसार, राति करिब १२ः३० बजे शोभा मण्डल झुण्डिएको अवस्थामा फेला परेको सूचना प्राप्त भएको थियो। घटनास्थलमा पुग्दा प्रहरीले शव ओछ्यानमा राखिएको अवस्थामा फेला पारेको थियो।

प्रहरीका अनुसार, घरपरिवारले झुण्डिएको देखेपछि पासो काटेर शव ओछ्यानमा राखेको बयान दिएका छन्। यद्यपि, घटनाको वास्तविकता पोस्टमार्टम रिपोर्टपछि मात्र स्पष्ट हुने प्रहरीले जनाएको छ। अहिले घटनाबारे थप अनुसन्धान भइरहेको छ।


शोभा मण्डलको माइती पक्षले भने यो घटना आत्महत्या नभई हत्या भएको दाबी गरेका छन्। उनका आफन्तका अनुसार, दाइजोको विषयलाई लिएर घरायसी झगडा हुने गरेको थियो भनि माइती पक्षद्वारा हत्या भएको दाबी रहेको छ|।

शोभाको विवाह पाँच वर्ष अघि चन्दन मण्डलसँग भएको थियो। दम्पतीकी एक छोरी छिन्। शोभाको माइती महोत्तरीको बर्दिबास नगरपालिका–१४, माइस्थान रहेको छ।


प्रहरीले शवलाई पोस्टमार्टमका लागि पठाइसकेको थप अनुसन्धान जारी छ। प्रारम्भिक अनुसन्धान चलिरहेको र शंकास्पद कोणबाट पनि अनुसन्धान अगाडि बढाइएको प्रहरी स्रोतले जानकारी दिएको छ।

सम्बन्धित खबर

रास्वपा जगरनाथपुर–६ द्वारा शुभकामना आदानप्रदान तथा  जनगुनासो सुनुवाइ कार्यक्रम सम्पन्

लक्की खबर

जनताको समस्या सुन्न बहुबरी पुगे रास्वपाका सांसदहरू, कृषि, सिँचाइ, शिक्षा र स्वास्थ्यका विषयमा खुला छलफल

लक्की खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर