Lucky-Khabar_

सिचाईको लागि बाराको जमुनी नदीमा बाँध निर्माण सुरु

  • राम आर्य
  • १३ साउन,वीरगञ्ज । सिचाइको लागी बारा जिल्लाको जमुनी नदीमा बाँध निर्माणको काम सुरु भएको छ ।बाध निर्माण शुरु भएपछि पचरौता नगरका किसानहरूमा खुसीयालि छाएको छ।
content ad p2

लामो समयदेखि वर्षाको अभावले चिन्तित किसानहरूका लागि  यो महत्त्वपूर्ण कार्य सुरु भएको हो।

स्थानीय किसानका अनुसार यो सिँचाइ सुविधा सञ्चालन भएपछि धान, गहुँ, मसुरो र तरकारी खेतीमा सहजता आउनेछ, जसले किसानको आम्दानी बढाउन मद्दत पुग्नेछ। दक्षिणी भेगका किसानहरू यस बाँध निर्माणले गर्दा निकै उत्साहित भएका छन्।


बाराको आदर्श कोतवाल गाउँपालिका अन्तर्गत पर्ने जमुनी नदीमा बाँध निर्माण भएपछि  करिब २५ गाउँमा सिँचाइ सुविधा पुग्ने बताइएको छ। वर्षाको अभावले किसानहरू निराश भइरहेका बेला  बाँध निर्माणका लागि पहल भएका हुन्।


बाँध निर्माण कार्यलाई तीव्रताका साथ अगाडि बढाउन स्थानीय प्रतिनिधि  आफैँ निर्माण स्थलमा पुगेर निरीक्षण गरेका छन्। उ ३/४ दिनमै काम सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छन्। यस बाँध निर्माणबाट आदर्श कोतवाल गा.पा.का साथै पचरौतान.पा.का वडा नम्बर ३, ४, ५, ६, ७ र ८ का १५ सयभन्दा बढी किसानहरू लाभान्वित हुनेछन्। यसका साथै सिम्रौनगढ नगरपालिकाका केही किसानहरूलाई  पनि यस सिँचाइ सुविधाबाट लाभ हुनेछन्।

त्यस्तै  स्थानीय कृषक कमरुद्दीन अंसारीले जमुनी नदीमा चुरे जंगलबाट आउने पानीले खेतमा थोरै रासायनिक मल प्रयोग गर्दा पनि राम्रो उत्पादन हुने बताए। उनका अनुसार दक्षिणी भेगका किसानहरूका लागि जमुनी बाँध निर्माणले निकै ठूलो उपलब्धि हुनेछ।


बाँध निर्माण कार्यस्थलमा स्थानीय प्रमुख ,उपप्रमुख नसीमा खातुन, प्रमुख प्रशासकीय अधिकृत बसन्त राज जोशी, पालिका प्रवक्ता तथा वडा नम्बर ५ का वडा अध्यक्ष लक्ष्मी यादव, विनय सिंह, गगनदेव प्रसाद यादव, वडा सदस्यहरू, समाजसेवी नेवाजी मियाँ अंसारी, प्रभु ठाकर , पत्रकारहरुलगायतको उपस्थिति रहेका थिए।

सम्बन्धित खबर

पर्सामा शान्ति–सुरक्षाबारे सर्वदलीय बैठक, सद्भाव कायम राख्न आग्रह

लक्की खबर

देवानगञ्ज घटनामा मृतकका परिवार र सरकारबीच ७ बुँदे सहमति

लक्की खबर

सभापति अजय सर्राफको पहलमा वीरगञ्जको जग्गा वर्गीकरण फाइल भूमि प्रशासन कार्यालय, पर्सामा दर्ता

लक्की खबर